| शनिबार, बैशाख ८, २०८१

अपांगहरुद्वारा सीप प्रदर्शन गरी आयआर्जन गर्नु प्रसंसनीय

गोरखाका अपांगहरुले नौमति बाजा बजाउन सिकेका छन् । बिबाह, पूजाआजा जस्ता कार्यहरुमा बाजा बजाएर आयआर्जन गर्ने उद्देश्यले उनीहरुले नौमति बाजा बजाउन सिकेका हुन् ।

परनिर्भर हुनु अपांग व्यक्ति स्वयंलाई पनि असजिलो हुन्छ, समाजलाई पनि सहज हुदैन । त्यसैले स्वाभिमानकालागि, आत्मनिर्भरता बढाउनका लागि उनीहरुले बाजा बजाएर आयआर्जन गर्न खोज्नु ज्यादै प्रसंसनीय छ ।

यसका लागि सबैको प्रसंसा, सहयोग, सद्भाव, हौसलाको खाँचो छ ।
बाजा मात्र होइन, अपांगहरुले सिलाइ, बुनाइ, तथा शारीरिक अबस्था (समस्या) अनुसारको बिभिन्न सीपमुलक अन्य काम पनि गर्दा राम्रो हुन्छ । सो काम, सीप अभिवृद्धिका लागि गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति वा अन्य सहयोगी गैरसरकारी संस्थाहरुले पनि उनीहरुलाई सहयोग गर्नुपर्छ । तालिम, प्रशिक्षणका कार्यक्रम आयोजना गर्ने, सहयोगी उपकरण उपलब्ध गराउने र आयआर्जनमा लाग्न उत्प्रेरित गर्नुपर्छ ।

आफ्ना नागरिकलाई सशक्त बनाउनु, आर्थिक रुपमा संवृद्ध बनाउनु कुनै पनि सरकारको दायित्व हो । त्यसैले लक्षित बर्गको बजेटबाट गाउँपालिका, नगरपालिकालो अपांगहरुलाई स्वरोजगारमुखी कार्यक्रम गर्नुपर्छ । यसले व्यक्तिको पनि हित, स्थानीय सरकारको पनि हित । समग्रमा समाज विकासको लागि पनि टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्