| शनिबार, बैशाख ८, २०८१

काँग्रेसका जिल्लावासी कार्यकर्तालाई मार्गदर्शन

नेपालको राजनीतिक आर्थिक र सांस्कृतिक क्षेत्रको सन्दर्भमा नेपाली काँग्रेस क्रान्ति परिवर्तन र रुपान्तरणको दिशामा स्थापना कालदेखि हालसम्म अनवरत रुपमा संघर्षरत छ । प्रत्येक परिवर्तन र स्थायित्वका लागि नेपाली काँग्रेस अग्रमोर्चामा रहेर नेतृत्व प्रदान गर्दै आइरहेको कुरा जगजाहेरै छ ।

सबै नेपालीको सानो घर होस् ,गरीखान पुग्ने खेतवारी होस्,एउटा दुहुने गाई होस्, छोराछोरी स्कुल पढ्न पाउन्,स्वास्थ्य उपचार गर्न पाउन्,जनजीविकाको लागि रोजगारी होस्नेपालको सन्दर्भमा सबैले बुझ्न सक्ने भाषामा यही हो प्रजातान्त्रिक समाजवाद भन्ने महान जननेता बीपी कोइरालाले सिद्धान्त गत मार्ग निर्देशन गरेका हामी नेपाली काँग्रेसका कार्यकर्ताहरुले न्यूनतम रुपमा अरुलाई बुझाउन सक्नेगरी राष्ट्रियता लोकतन्त्र र समाजबादको आधारभूत धारणाको ज्ञान हुनैपर्छ ।

अहिले विचार र दृष्टिकोणले विचलित भएका कम्युनिष्टहरु बीपीको दर्शन पढेर आफुलाई सच्चा कम्युनिष्ट देखाउने प्रयत्न गर्दैछन् । बीपीको बाटोमा हिड्न त लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्छ तर सस्ता र लोकप्रिय नारा दिएर सत्तामा पुगी जनतालाई दास र आफुलाई मालिक बन्ने कम्युनिष्टहरुको सक्कली चरित्र भएकोले को मालिक बन्ने भन्ने आन्तरिकव्दन्दमा परेर उनीहरु मुलुक संविधान लोकतन्त्रआदिलाई आघात पार्ने दिशामा लागिरहेका छन् ।

जसको विचार दर्शन आयातित हुन्छ त्यो विचार दर्शन बाँचोस कि मरोस् मतलब कुरै भएन।सस्तो लोकपृयतालाई भर्याङबनाएर सत्तामा पुग्ने र आफू मालिक बन्ने कम्युनिष्टहरुकोमूल उद्देश्य भएकोले उनीहरू विश्वबाट बढारिएका हुन् तर नेपालमा यिनीहरु लोकतन्त्रको दुहाई दिदै भ्रम छरेर सत्तामा पुग्न सफल भए ।तर उनीहरुको सर्वसत्तावादी र भ्रष्टाचार रुपी धोती खुस्कियो र हालको अवस्था उदांगो भएको हो अब नेपाली धर्तीलाई विकास र सम्वृद्धिको दिशामा अघि बढाउने मूल जिम्मेवारी इतिहासले पुनः नेपाली काँग्रेसलाई सुम्पेको छ ।

तर अब पनि नेपाली काँग्रेसले आफ्नो समाजवादी विकासात्मक कार्यहरु गर्दै राष्ट्रियता र लोकतन्त्रको रक्षामा आफूलाई उभ्याउन सकेन भने फेरिपनि सस्ता र भ्रमपूणर् नारा दिनेहरुप्रति जनताको झुकाव बढ्नसक्छ लोकतन्त्र आफैमा सफल असफल हुने होइन यो पार्टी नेता र नीतिमा भर पर्दछ ।
अब मुलुकको राजनीतिक-आर्थिक सामाजिक र सांस्कृतिक उत्थान गर्दै राष्ट्रको पहिचान जोगाउन र लोकतन्त्रलाई जीवन पद्धतिको अविचलित अङ्ग बनाउन काँग्रेसको अभिभारा युवावर्गले काँधथाप्नु पर्ने बेला आएको छ ।

महामानव बिपी कोइराला मुलुकका निम्ति समाजका अरु वर्गभन्दा तरुणमा आदर्श, भावना, नैतिकता, लोकतांत्रिक अनुशासन,त्याग ,सक्रियता र निर्भिकताको आवश्यकता छ भन्नुहुन्थ्यो । वीपीको यस्ता चिन्तनलाई आदर्शको घेरामा राख्ने होइन व्यवाहारमा पनि ल्याउन आवस्यक देखिएको छ । साम्यवादमा प्रजातन्त्र थपेपछि मात्रै समाजवाद हुन्छ भन्ने वीपी, गाउँलाई पाखा लगाएर गरिएको विकासले संमृद्धि हासिल गर्न सक्दैन भन्ने मुख्य चिन्तनको प्रचारप्रसार नेपाली काँग्रेसका कार्यकर्ताहरुबाट हुनु जरुरी छ ।

जनता भौगोलिक अखण्डता सार्वभौमिकता सहित राष्ट्रको पहिचान गर्न गरिब गाउँले किसानको झुपडी अगाडि आफू उभिएको तस्बिर राखेर आर्थिक योजना बनाई कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने विपीको समाजवादको व्याख्या रकार्यान्वयन नगरी मुलुकको विकास सम्भव छैनभन्ने कुराकुरा टोलटोल लैजान अझै जरुरी छ । संमृद्धिबिनाको लोकतंत्र र राष्ट्रियता खोक्रो हुन्छ । समाज विकासको क्रममा प्राप्त भएका अनुभव संस्कार र संस्कृति आफ्नै अनुभवका आधारमा गरिएका निष्कर्ष हुन् । यिनीहरु बदलिनु अस्वभाविक होइन ।

यसैलेवि पी को समाजवाद को व्याख्या आर्थिक प्रणालीमा मात्र केन्द्रित नभएर मानव हितलाई केन्द्रमा राखेर गर्नुपर्दछ । समाजमा आउने विचार दर्शन समाजकै विकासक्रम बाट खारिएका अनुभव प्राप्त प्रकटित प्रतिक्रिया हुन् । यस तर्फ पनि सचेत हुँदै नेपाली काँग्रेसले आत्मसात र रुपान्तरित हुन जान्नु पर्छ । सामाजिक योगदान दिने व्यक्तिको व्यक्तित्वलाई स्वीकार गरेर समयअनुसार परिष्कारका लागि तयार हुनुपर्छ ।

राजनीतिमा मानिसको स्मरणशक्ति क्षणिक हुन्छ । शीघ्रताकासाथ राजनीतिक दृश्य बदलिंदै जान्छ । नयाँ परिस्थिति र नयाँ समस्याले नयाँ कुरातर्फ मानिसको ध्यान आकर्षित हुन्छ । यस सन्दर्भमा व्दिविधा उत्पन्न भएमा एक मुठी माटो हातमा लिएर सोध मेरो कर्तव्य के हो भन्ने बीपीको महान विचारले हामीलाई सदैव समस्या समाधान उन्मुख नवीन दृष्टिकोणको जन्म गराउँदै जान्छ।यसैले म आम कार्यकर्ताहरुलाई बुँदागतरुपमा देश र जनताको पक्षमा काम गर्न निम्नानुसार मार्ग निर्देशित गर्दछुः

१)जनताको घरदैलोमा पुगेर राष्ट्रियता लोकतन्त्र र बिपीको समाजवादी चिन्तनको आदर्श प्रस्तुत गरौं, २) स्थानीय भाबना र गुटबन्दीलाई त्यागौं, ३)पार्टीको संगठन र शक्तिको आधार त्यसका सदस्यहरुको हुन भन्ने बुझौं, ४)सानोतिनो भाबना स्वार्थता द्वयष घातक प्रविधिबाट आफुलाई चोखो राखौं, ५)आफ्नो आचरण र नैतिकताका बलले नेता प्रमाणित गरौं, ६) स्थानीय नेतृत्व बनेपछि समूहलाई गन्तव्यतर्फ हिँडाउ, ७)जनतालाई सिद्धान्तका चर्का नारा दिएर होइन उनीहरुका आवश्यकतालाई हृदयंगम गरेर
जनहित र विकासलाई मिलाएर अघि बढौं, ८)नेता बेइमान भयो भने यसले आत्मसात गरेको पार्टीको विचार र दर्शनलाई पनि जनताले बैमान ठान्छन् भन्ने बुझौं,
९) नेता बन्न चाहन्छौं भने नाफारहित र इमान्दारिताको उदाहरण दिऊँ, १०)पार्टीको नीति र जनताको हितहुने कार्यहरुमा नेताको आदेश कार्यकर्ताले मान्ने पर्छ भन्ने अनुशासनको उदाहरण प्रस्तुत गरौं, ११) पार्टी आन्तरिक गुटबन्दीले कमजोर अन्छ भन्ने कुरा पाठ सिकौं, १२)पार्टी भित्रका स्वार्थी समूहलाई विस्थापन गरौं,
१३)क्रियाशील सदस्य वितरणमा ठेकेदारी र आफन्तवादीप्रथा बन्द गरौं, १४)उपयुक्त व्यक्ति लाईक्रियाशील सदस्य बनाउने काम गरौं, १५)विपक्षी दल र उसको नेता पहिचान गरी वहस गर्नसक्ने वनौ, १६) काँग्रेसको क्रियाशील सदस्य को कारण काँग्रेसअल्प मतमा छ र अनिणर्यको बन्दी छ भन्ने व्यवहार उन्मूलन होस, १७)युवा पंक्तिमा क्रियाशीलता बढाउने काम गरौं,
१८)स्थानीय तहमा रहेका अस्तब्यस्ततालाई व्यवस्थित बनाउने दिशाहीनतालाई दिशा देखाउने शंका र अविश्वासलाई बिस्वासमा बदल्ने जस्ता काम गरेर नवजीवन प्राप्त गरौं, १९)अवसरवादीहरूले अनुचित फाइदा लिँदै पार्टीलाई बदनाम गराउने प्रवृत्तिको अन्त गर्न क्रियाशीलता देखाउँ, २०)स्थानीय तहका भातृ संघ संस्था शुभेक्ष्छुकसंस्थाहरु सँग निरन्तर सम्पर्क समन्वय र संवादलाई निरन्तरता दिउँर उचित रुपमा परिचालन गरौं, २१) बुद्धिजीवीहरू को मानमर्दन गर्ने खरावी र विकृतिको संरक्षण गर्ने आम नागरिकहरूको प्रत्यक्ष जीवनसँग सरोकार नराख्ने जस्ता प्रवृत्ति अन्त गरौं, २२) नयाँ पुस्तालाई आदर्श सिद्धान्त कार्यक्रम नीति आचरण र कर्म बारे जानकारी गराउँ, २३)विगतका सबै कमीकमजोरीलाई आत्मसमीक्षा बाट सुधार गरौं, २४)लोकतान्त्रिक संस्कृति युक्त उधमशिल समाजको निर्माण गरौं, २५)योग्य र इमान्दार नेतृत्वको जगमा नै राजनीतिक जग खडा हुन्छ भन्ने कुरा बुझौं, २६)नेतृत्वको इमान्दारी उमेर योग्यता र छवि हेरेर नै जनताले मत प्रकट गर्छन् भन्ने
कुरालाई बुझौं, २७) चार तारे झण्डाको अर्थ आफुले बुझ र अरुलाई पनि बुझाउँ, २८)मन वचन र कर्मले पार्टीका लागि खटेका सदस्यको उचित मूल्यांकन गरी न्याय दिलाउँ, २९) सदस्यहरू को शक्ति सामर्थ्य र उत्साहले सम्बोधन प्राप्त गरेन भने काम गर्ने हौसला घटेर जान्छ भन्ने कुरा बुझौं, ३०)पानीको व्यवस्थित सदुपयोग गरेर बिजुली निस्कन्छ तर अव्यवस्थित भयो भने त्यसले बाढीको रुप लिन्छ भन्ने कुरा बुझौं,
३१) पुराना गतिशील सदस्यहरूको योगदान र अनुभव सँगै नयाँ सदस्यहरूको आगमन र क्रियाशीलताले पार्टीलाई सधैभरिजीवन्त र गतिशील पुर्याउने कुरालाई आत्मसात गरौं, ३२) सदस्यहरू को निष्ठा पूणर् क्रियाशीलता पार्टीप्रतिको अटुटआस्था र कर्तव्यपरायणता नै पार्टीको सामर्थ्य हो भन्ने कुरा बुझौं, ३३)अन्तर कमिटि नियमित सञ्चार सम्पर्क समिति बैठक बुलेटिन प्रकाशन साहित्य र कलाको परिचालन गरी गाउँमा संगठानात्मक क्षमता राम्रो बनाउँ, ३४)पदासिनले मात्र काँङग्रेस र बुझेको भन्नेकुरा त्यागौं र अरुको विचारको कदर गरौं, ३५) स्थानीय तहका भात्री तथा सुभेच्छुक संघ संस्थाहरुलाईसम्मान र शशक्त वनाउँ। अब म नेपाली काँग्रेसको विधान २०१७ सशोधनसहित मा भएका नीतिगत व्यवस्था र गर्नुपर्ने कार्यतर्फ मार्गदर्शन गर्न चाहान्छुः
१) विधानको परिच्छेद २ को दफा ३बमोजिमको योग्यता पुगेका नेपाली काँग्रसका साधारण सदस्यलाई क्रियाशील सदस्य बनाउने प्रक्रिया अगाडि बढाउने रसो योग्यताको बारेमा जानकारी गराउने, २)विधानको परिक्षछेद ३ को स्थानिय तह संगठन सम्बन्धी तथा दफा ५ बमोजिन टोल कार्य समिति नबनेको भए तुरुन्त गठन गरी दफा २र ३बमोजिमको भूमिका निर्वाह गर्ने, ३)विधान बमोजिम वडा कार्यसमितिले आफ्नो जिम्मेवारी वहन गर्ने ४) आफ्नो टोल तथा वडाका आन्तरिक कलह सकेसम्म आफैले समाधान गर्ने, ५ )स्थानीय तहका पदाधिकारीहरुले लेभी तिरेनतिरेको अभिलेखीकरण गर्ने र त्यसको जानकारी उपल्लो निकायमा गराउने ६) लेभी नतिर्नेले पार्टीको भूमिकामा रहन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने ।

७) आफ्नो स्थानीय तह वा टोलमा साथ उपलब्ध जनसङ्ख्याको आधारमा निम्नलिखित संगठन निर्माण गरी अभिलेखीकरणका लागि जिल्लामा पठाउनेः (शिक्षक,महिला, दलित,मुस्लिम, किसान, तरुण ,विद्धार्थी, जनजाति,भुपु सुरक्षाकर्मी सांस्कृतिक रदलित संघ सम्भवभएसम्म गठन गर्ने) ८) कम्युनिष्टहरुसग वैचारिक ढङ्गले आफ्नो विचार पोख्न सक्ने पढेलेखेका युवा क्याडर तयार पार्ने । अन्तमा मानिस रोटीले होईन मस्तिस्कले चल्छ मन्ने माहामानव वीपी कोइरालाका विचारलाई आत्मासात गर्दै हामीले आफूलाई यस पार्टीमा समर्पित गरेकाछौं।यसैका लागी आजसम्म हजारौंले आँफूलाई बलिदानी गरे हामी शहीद मानेर सम्मान गरिरहेकाछौं।कति घाइते अपाङ्ग भएर रहेकाछन् ती सवैलाई आदरगर्दछौं।यी कुराहरु विर्सेर हामीविभिन्न पदीय जिम्मेवारीमा पुगेर लाभ आर्जन गर्ने स्वार्थले अन्ततः समाजमा ढिलो चाँडो कलंकित प्रमाणित गराउँछ ।

वीपीले भन्नुभए झैं जीवन भनेको सूर्योदय र फक्रेको गुलाब हो यसले तपाईंलाई रिझाउन सकेन भने तपाईंको जीवनको एउटा पक्ष सुकेको रहेछ भन्ने देखिन्छ । यस्तो शुष्क र निरस जीवन बोक्नेहरूको नेतृत्वबाट पार्टीलाई न गतिशील बनाउन सकिन्छ न समाजमा संवृध्दि कायम हुनसक्छ । यसैले पार्टीको आधारशिला भनेको क्रियाशील सदस्यहरूको इमान्दार क्रियाशीलता स्थानीय कमिटीहरुको गठन र प्रत्येक कार्यलाई संस्थागत ढङ्गबाट गर्ने परिपाटीको नियमित प्रक्रिया नै हो ।

केन्द्रको मुख ताक्ने गुटबन्दीमा रमाउने फरक गुटको साथीसँग दुश्मनीपूणर् व्यवाहार गर्ने आफ्नो स्वार्थमा तल्लिनरहने घातक प्रवृत्ति अन्त गरौं । राष्ट्रियता लोकतन्त्र र समाजवादी शैलीको संवृद्धिको यात्रामा टोलसमितिबाटै जुटौं र लोकतन्त्रको पहरेदार तथा जनताको आशा र भरोसाको केन्द्र नेपाली काँग्रेसलाई बनाई आ-आफ्नो ठाँउबाट आफ्नो कर्तब्य पूरा गरौ ।
जय नेपाल !
लेखक नेपाली काङग्रेस गोरखाका जिल्ला सभापति हुन्

प्रतिक्रिया दिनुहोस्