| बुधबार, अशोज १४, २०७७

चुनावको अनुभूति !

यदु अधिकारी
नेपाल प्राचीन कालमा खस, मल्ल, सिमौन्गढ, नेपालमण्डल, तिरोहुतको कर्णाटक राज्य आदिबाट शासित थियो । द्रव्यशाहले लिगलिगकोटमा विजय गरेपछि गोरखाका माझकोटलाई आफ्नो अधीनमा लिए । उनको राज्यभिषेक पस्लाङको चौतारामा उनका गुरू नारायणदास अर्यालले रातीको समयमा १६१६ भाद्र कृष्ण अष्टमी २५ गते विहीबार गरेका थिए । उनले एकीकरण शुरू गर्दा नेपाल ५४ राज्यमा विभाजित थियो । जंगबहादुरले १९०३ मा आफ्नो शासन कायम गरेपछि नेपाललाई ३५ जिल्लामा ४९० थुममा विभाजन गरिएको थियो ।

प्रमुख गढीहरूमा सिंन्चाङ्ग, उपदंग गौणामा धनकुटा र पाल्पा मुख्य थिए । बडा हाकिमको कार्यालयमा ३ साँचोको (बडा हाकिम, अदालतको डिा र मालको हाकिम) व्यवस्था थियो । यो ३ साँचोका अन्त्य २०२३ सालमा राष्टिूय वाणिज्य बैंक खुल्यो पछि अन्त्य भयो । नेपालमा राणा शासनको विरूद्धमा विभिन्न आन्दोलन भयो । पद्यशम्सेरले २००४ सालमा नेपाल सरकार वैधानिक कानून घोषणा गरे । २००७ सालमा नेपालको अन्तरिम शासन विधान घोषणा भयो । काठमाण्डौंमा यो संविधान चुनाव भयो । २०१५ सालमा नेपाल अधिराज्यको संविधान घोषणा गरियो । २००७ साल २०१५ सालको संविधान बहुदलीय संविधान हो । नेपाल संविधान २०१९ राजा महेन्द्रले घोषणा गरे । यो निर्दलीय पञ्चायती व्यवस्था संविधान थियो । २०४७ सालमा नेपाल अधिराज्यको संविधान घोषणा गरियो । यो संविधान बहुदलीय व्यस्था र संवैधानिक राजतन्त्र अनुकूल थियो । २०६३ सालमा नेपालको अन्तरिम संविधान घोषणा गरियो । यसको आधारमा ०६४ सालमा संविधान सभा निर्वाचन भयो । संविधान बन्न सकेन । ०७० सालमा संविधान सभाको पुर्नः निर्वाचन भयो ।

यसले संविधान बनाई २०७२ असोज ३ गते नेपालको लोकतान्त्रिक गणतान्त्रिक संविधान घोषणा ग¥यो । यसैको आधारमा नेपालको राज्य पुर्नः सरचना गरियो । नेपाललाई ७ प्रदेश र ७५३ स्थानीय तह निर्माण ग¥यो । स्थानीय तहको निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसीर १० र मंसीर २१ गते सम्पन्न भयो । नेपालको इतिहासमा ०१५ सालपछि बहुदलीय संविधान र गणतान्त्रिक संविधान अनुसार निर्वाचनको क्षेत्रगत सिट र मतलाई नेपाली काँग्रेस, बामपन्थी र अन्य भनी चुनावी समीक्षा गरेको पाइन्छ । ०१५ सालमा १०९ स्थानमा नेपाली काँग्रेसले ७४ स्थान (३७.२२%) मत पाएको देखिन्छ । त्यसैगरी बामपन्थीले ४ स्थान (१७.६३%) मत र अन्यले ३१ स्थान (४५.७५%) पाएको देखिन्छ । ०४८ सालमा २०५ स्थान को लागि निर्वाचन भएको थियो । नेपाली काँग्रेस ११० स्थान (३७.७५%), बामपन्थीले ८० स्थान (३४.६%) र अन्यले १५ स्थान (२८.१९%) मा जितेका थिए । ०५१ सालमा २०५ स्थान मध्ये नेपाली काँग्रेस ८३ (३३.३८%), बामपन्थी ९२ (३३.१५%), अन्य ३० (३३.४७) स्थानमा विजय गरेका थिए । २०५६ मा २०५ स्थानको लागि भएको निर्वाचनमा पनि ने.का.१११ (३६.१४%), बामपन्थी ७८ (३९.८९%) र अन्य १६ (२३.९७%) स्थानमा विजय भएका थिए । २०६४ सालमा ३३५ स्थानका लागि निर्वाचन भएको थियो । ने.काँ.ले ११० (२१.१३%), बामपन्थी ३४८ (५५.९९%) र अन्य ११७ (२२.८८%) मा विजय भएका थिए । यो समानुपातिक सहित जोडी ५७५ को सांसद्को तथ्याङ्क उल्लेख गरिएको हो । ०७० सालमा प्रत्यक्ष २४० र समानुपातिक ३३५ गरी ५७५ को लागि चुनाव भएको थियो । ने.काँ.१९६ (२५.६२%), बामपन्थी २७० (४२.८८%) र अन्य १०९ (३१.५०%) स्थानमा विजय भएका थिए । अरू ३० स्थानमा सरकारको सिफारिसमा राष्टूपतिले मनोनित गर्ने व्यवस्था छ । २०७४ सालमा प्रत्यक्ष १६५ स्थान र सामानुपातिक ११० स्थानको लागि भएको निर्वाचनमा नेपाली काँग्रेस प्रत्यक्ष २३, बामपन्थी प्रत्यक्ष ११८, र अन्यमा प्रत्यक्ष २४ स्थानमा विजय भएका छन् (स्रोत ः दुर्गा खनाल र राजेश मिश्र, कान्तिपुर ०७४÷०९÷०१) । गणना अनुसार एमाले ४१, ने.का. ४०, माओ केन्द्र १७, संघीय समाजवादी ६, राष्टिूय जनता पार्टी ६ प्रतिनिधि सभा सदस्य निवार्चित हुने देखिन्छ । केन्द्र र प्रदेश सभा बामपन्थीको काँग्रेस बाहेकको सरकार बनेको छ । राष्टिूय सभामा भने ५९ जनाको संविधानमा व्यवस्था गरिएको छ । ती मध्ये ३ जना महिला, दलित, अपाङ्ग, अल्प संख्यक हुनु पर्ने व्यवस्था गरिएको छ । ५६ जना भने ७ प्रदेशबाट ८ जनाको दरले निवार्चित हुने व्यवस्था गरिएको छ । यिनीहरूको कार्य अवधि २ वर्षदेखि ६ वर्षसम्म हुन्छ । यो चाहि गोलाप्रथाद्धारा छुट्टयाइन्छ । प्रतिनिधि सभा सांसद् र प्रदेश सभा सदस्यहरूको मतभारको आधारमा एकल संक्रमणीय प्रणालीद्धारा निर्वाचन भएको छ ।
प्रदेश सभाको लागि प्रदेश नं. १ मा ३७, २ मा ४३, ३ मा ४४, ४ मा ३५, ६ मा १६ र ७ मा २१ मा प्रदेश सभा सदस्यहरू प्रत्यक्ष रूपमा निवार्चित भएका छन् । समानुपातिक तर्पm गरी ५३० जना व्यवस्था संविधानले गरेको छ । समानुपातिक र प्रत्यक्षको निर्वाचन भई राष्टूपति र उप(राष्ट्रपति एंव सभामुख र उप(सभामुखको बामपन्थीबाट चयन भएका छन् । नेपाली काँग्रेसले राणा शासनको विरूदमा आन्दोलन गरी ०१५ सालमा दुई तिहाई ल्यायो २०१७ सालपछि राजनीतिक आन्दोलन गर्दै पञ्चायत व्यवस्थाको विरूदमा हतियार समेत उठायो । २०३३ सालमा वि.पी.ले राष्टिूय मेलमिलाप नीति लिएर आएपछि २०३६ सालको जनमत स्रगंहमा भाग लियो । ०४२ सालको सत्याग्रह र ०४६ सालको पहिलो जनआन्दोलनमा भाग लिई बहुदलीय निर्वाचनमा पहिलो दोस्रो हुँदै काँग्रेस हालसम्म आइपुगेको छ । गरिबको पक्षमा काम गरेपनि विश्वास भने जित्न सकेको देखिदैनन् । सामान्य कार्यकर्ताको बीचमा ऊ भिज्न सकेको छैनन् । पार्टी भित्रको एक धारले अर्को धारलाई गाली गलौज गरी अन्र्तघात गर्न समेत पछि पर्दैन । राम्रा काम आफूले गरेको र नराम्रा जति अर्को धारलाई लगाउने प्रवृत्ति यसमा छ । पुराना त्यागी र योगदानकर्तालाई अवमूल्यन गर्दै हाल पैसा र फूर्तिवाललाई काखी चेपेको देखिन्छ । २००६ सालमा स्थापित कम्निष्ट पाटी धुर्त, छटु र बम्बई लड्डु चखाएर नारामा अलि बढी एनजिओको माध्यमबाट अगाडि बढेको देखिन्छ । पाँच रूपैयाँको काम गर्दा सय रूपैयाँको गफ गर्न सिपालु, चुनाव जित्नको जोसुकै सँगपनि तालमेल गर्न पछि परेको देखिदैन । भित्र गुट भएपनि बाहिर दाह्रा किटेर सहनु पर्ने परिस्थिति देखिन्छ । जनयुद्ध पछि शान्ति प्रक्रिया आएको माओवादी पहिलो तेस्रो पाटी बनेको छ ।

अंहकारमा रमाउने, अरू विचारका लागि भुसुनो समान मान्ने, जनयुद्ध र शहिद परिवारको वास्ता नगरी हाल कमाऊ र रमाऊमा अघि बढेको देखिन्छ । पार्टीको पराजय हुने देखेपछि मिलेर अवसरको फाइदा लिन उसले नौटंकी जानेको छ । राप्रपा जनताबाट बिदा भईसकेको देखिन्छ । मधेसबादी दलहरू मधेसको मात्र कुरा गर्ने, अरू ठाउँका गरिब दुःखीको पीडा नबुझी तराई बन्द गरी पहाडियालाई दुःख दिन समेत पछि पर्दैनन् । नयाँ शक्ति नाम भए पनि प्रभाव भने पुरानो नै देखियो । नेता बाबुरामले पार्टी छोडेपछि माओवादी एमालेको शरणमा गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्