
गजल :
यो दुनियाँ त व्यपारीकै हैन र सर ?
हामी पनि नाफाखोरीकै हैन र सर ?
कमाएर खाने हामी दोस्रो दर्जा रे
पहिलो त तस्करीकै हैन र सर ?
उब्जाउने, बनाउने त फोहरी भैगए
धर्ति आकास सब सुग्घरीकै हैन र सर ?
पिठो बेच्नेहरु मालामाल हुने जमाना छ
यो धरा सब फौबञ्जारीकै हैन र सर ?
ओल्टाइपल्टाइ छानीछानी फालिने हामी
रजाइँ कजाइ सब चाकरीकै हैन र सर ?
(शिव उप्रेती, गोरखा)