| बिहिबार, अशोज ८, २०७७

सन्दर्भ राष्ट्रिय बाल दिवस

रमेश अधिकारी

बालबालिकाका नाउँमा मनाइने उत्सव नै बाल दिवस हो । हरेक वर्ष भाद्र २९ गतेका दिन तामझामका साथ दिवस मनाइने गरिन्छ छ । यस अघिका वर्ष झै भीडभाडमा कार्यक्रमहरु गर्ने अवस्था यो वर्ष कोरोना संक्रमणको कारण छैन । स्वास्थ्य सुरक्षा अपनाउँदै आफ्नो अनुकूलतामा देशैभर कुनै न कुनै कार्यक्रमहरु गरी आज राष्ट्रिय बाल दिवस मनाइँदै छ ।

यस वर्ष“विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सवैको साझा प्रतिवद्धता” भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको छ । यो दिवस वि.स.२०६३ अघि भाद्र ४ गतेका दिन मनाइने गरिन्थ्यो । लोकतन्त्रको स्थापना पछि पुरानो संरचनामा फेरवदल भई मिति पनि परिवर्तन भयो । बालदिवसको सुरुवात र मिति परिवर्तनको सन्दर्भ पनि रोमान्चक नै छ । भारत भ्रमणका क्रममा त्यहाँका बालवालिकालाई गरिएको सम्मान, उनीहरुको संरक्षण र उनीहरुको हक हितकोलागि राज्यले गरेका प्रयासहरुवाट प्रभावित भएर स्वदेश फर्किए लगत्तै रत्नराज्य लक्ष्मी शाहले आफ्नो जन्मदिनको अवसर पारी २०२१ भाद्र ४ गतेका दिन नेपाल बाल संगठन स्थापना गरी सो संगठनमार्फत टुहुरा, अनाथ बालवालिकाहरुको संरक्षण गर्ने कार्यको थालनी गरिन । र, सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा घोषणा गरी मनाउन थालियो ।

त्यहि समयवाट बाल दिवसको सुरुवात भएको पाइन्छ । जव लोकतान्त्रीक सरकारलाई राजसंस्थाका सदस्यको जन्म मितिका दिन मनाइने गरेको दिवसले असहज वनायो, फलस्वरुप विकल्पको खोजी गर्ने क्रममा नेपालले संयुक्त राष्ट्र संघ बालअधिकार सम्वन्धी महासन्धी १९८९ लाई सन १९९० सेप्टेम्वर १४ मा अनुमोदन गरेकोले सो दिन नै उचित हुने भनी मिति जु¥यो । नेपाल सरकारले घोषणा गरे पछि हरेक वर्ष भाद्र २९ (सेप्टेम्वर–१४) का दिन बाल दिवस मनाउ थालियो ।
बाल दिवस मनाइ रहँदा कुन उमेर समुहलाई बालबालिका मान्ने भन्ने प्रश्न उठ्न सक्छ । यो सन्दर्भ हेर्दा देशहरुले फरक फरक उमेर समुह कायम गरेको पाइन्छ ।हाम्रो सन्दर्भको कुरा गर्ने हो भनेबालबालिका सम्वन्धी ऐन,२०७५ को परिभाषा अनुसार बालबालिका भन्नाले अठार वर्ष उमेर पुरा नगरेको व्यक्ति सम्झनु पर्छ भनिएको छ ।

प्रचलित कानुनी व्यवस्थानुसार अठार वर्ष भन्दा मुनीका मानिसहरु सवै बालबालिकाको कोटीमा पर्ने देखिन्छ । बालबालिका सम्वन्धी महासन्धी १९८९ मा १८ वर्ष भन्दा कम उमेरका मानिसलाई बालबालिका भनी परिभाषित गरिएको पाइन्छ । नेपालले यहि महासन्धीको व्यवस्थालाई अंगिकार गरेको पनि हुन सक्छ । यो उमेर समूहका बालबालिकाहरुको संरक्षण, सुरक्षा, व्यक्तित्व विकासका लागि के कस्ता अधिकारहरु रहेका छन । त्यो सन्दर्भले अधिक महत्व राख्ने गर्छ । आमाको गर्भमा रहेदेखि वालक रहुन्जेल सम्म उपभोग गर्न पाउने सवै प्रकारका अधिकारहरु बालअधिकारभित्र पर्दछन । मुख्यत नाम, राष्ट्रियता, वावु आमासँग वसोवास, पारिवारीक पुनर्मिलनको अधिकार, विचार अभिव्यक्ति, शिक्षा, स्वास्थ्यको अधिकार हुन । नेपालले बालबालिकाका अधिकारलाई उच्च प्राथमिकतामा राखेको छ । देशको मुल कानुनको अलवा विषेश ऐन, नियमावली, बालबालिका सम्वन्धी राष्ट्रिय नीति, २०६९ मार्फत हक अधिकारको प्रवन्ध र कार्यान्वयन गर्दै आएको छ ।

देशको मुल कानुन नेपालको संविधान २०७२ मा भएको व्यवस्थाबालबालिकाको नामाकरण र जन्मदर्ताको हक, परिवार तथा राज्यवाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गिण विकास, कलकारखाना, खानी यस्तै जोखिमपूर्ण काममा लगाउन नपाइने, बालविवाह, गैरकानुनी ओसारपसार, अपहरण वा वन्धक राख्न नपाइने, सेना, प्रहरी वा शसस्त्र समूहमा भर्ना वा प्रयोग गर्न नपाइने, बालबालिकालाई यौनजन्य आसयले शरीरको अंग छुन, चलाउन, हातपात गर्न, यौनजन्य दुव्र्यवहार गर्न नपाईने लगायतका अधिकार रहेका छन । बालबालिकाले उल्ल्नेखित हक अधिकारहरु उपभोग गर्न सकेका छन् छैनन? कार्यान्वयनको अवस्था कस्तो छ? कस्ता र कुन प्रकृतिका पूर्वाधारहरु खडा भए? केन्द्रदेखि स्थानीय तहसम्मको क्षेत्राधिकार र जिम्मेवारी के के हुन? सो अनुसारको दायित्व र जिम्मेवारी निर्वाह भएको छ छैन? जस्ता धेरै सवालहरु माथि बालबालिकाहरुले हामीमाथि प्रश्न तेस्याई रहेका छन ।


हामीले बाल दिवस मनाइ रहँदा हेक्का राख्नै पर्ने अर्को महत्वपूर्ण पक्ष भनेको बालबालिकाले प्रचलित कानुन विपरीतको कार्य गरेको अवस्थामा पनि सजाय गर्नवाट रोकिएको छ । अर्थात बालबालिकालाई नेल, हत्कडी लगाउन नपाइने, एकान्त कारावासमा राख्न वा कुनै अपराध गरे वापत कैदको सजाय पाएमा अन्य उमेर पुगेका कैदीकै साथमा राख्न नहुने कानुनी व्यवस्था रहेकोले सो वमोजिम बालबालिकालाई कसुरको अभियोगलागि तहकिकात, पुपक्र्षको निम्ती, कैद सजाय पाएको बालबालिका, लागूऔषध कुलतमा लागेको बालक, वावु आमा घर परिवारसँग भागी हिंड्ने वा अनैतिक वा अवाञ्छनीय क्रियाकलापमा संलग्न व्यक्तिको संगत वा निगरानी रहेको बालकलाई बाल सुधार गृहमा राखिन्छ ।
वर्तमान सन्दर्भलाई केलाउँदा कोभिड–१९ को महामारीको कारण विद्यालयहरु वन्द रहेकाले बालबालिकाहरु शैक्षिक क्रियाकलाप विहिन जस्तै वनेका छन । यतिखेर सवैको ध्यान कोभिड महामारीको संक्रमणवाट कसरी वच्ने भन्नेतर्फ नै केन्द्रीत रहेकोले बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र यिनीहरुका हक, अधिकारका विषयमा कमै मात्र सोचिएको छ । घरभित्र थुनिएका केही बालबालिकाहरु परिवारका सदस्यहरुसँग घुलमेल भई विभिन्न खेल खेल्ने, रचनात्मक र सिर्जनात्मक कार्य गरी रमाउने, नयाँ पाठ्यपुस्तक पढ्ने, कथा, कविता, गजल लेख्ने, गाउने, वजाउने, भर्चुअल कक्षा लिने, मोवाइल, ल्याप्टप जस्ता प्रविधिको माध्यमवाट नयाँ नायाँ ज्ञान र सीप हाँसिल गर्नुका साथै योग, ध्यान, शारिरीक अभ्यास आदिको माध्यमवाट भरपुर आनन्द लिइ रहेका छन भने केही बालबालिका घरेलु हिंसाको सिकार पनि भएका छन । विनाकारण रिसाउने, झर्कने, वरवराउने, दिक्दारी मान्ने, अरुसँग कुरा गर्न नचाहने, एकान्त ठाउँमा वसी एकोहोरीने, टाउका,े शरीर दुख्यो भन्ने, रिंगटा लागेर चिटचिट पसिना निकाल्ने, मानसिक तनावमा रहेका वालवालिका पनि परिवार समाजमा रहेकाले यिनीहरुको वारेमा अभिभाव वर्ग सवै भन्दा वढी संवेदनशिल वन्न जरुरी छ । यस्ता बालबालिकाप्रति समयमा ध्यन पु¥याईएन भने डिप्रेशनमा जाने, कुलतमा लाग्ने, आपराधिक गतिविधितिर तानिने प्रवलता रहने भएकोले उनीहरुको मानोविज्ञान वुझेर सो अनुसारका विकल्पहरु सुझाउने र यसतर्फ बालबालिकालाई मोड्नु पर्दछ । वन्दावन्दीको समयमा सवै मानिसहरु घरमा नै वस्ने रहने भएकाले घरभित्रैका आफन्त, नाता सम्वन्धका मानिसहरुवाट बालबालिका असुरक्षित भएका, हिंसामा परेका, बालविवाह भएको छ, यौनजन्य दुव्र्यवहारमा परेका तथा बलात्क्रीत, बलात्कार प्रयास र मारिएका पनि छन ।एउटा प्रतिनीधि घटना जुन चर्चित वनेको निर्मला पन्तको बलात्कार पछिको हत्या काण्डका अपराधिको पहिचान हुन सकेको छैन । उनका वुवा आमा आँखाभरी आँसु लिएर वस्न विवस छन । सरकार भेटियो तर न्याय भेट्टिएन भन्ने सामाजिक अभियान समेत संचालन हनु सरकारकोलागि लज्जाको विषय हो ।
अन्त्यमा, कोरोना महामारीको संक्रमणवाट बालबालिका पनि अछुतो रहने कुरै भएन त्यसर्थ हाल निर्मित करेन्टाइन, आइसोलेसन वालमैत्री नभएकाले त्यतातिर हाम्रो ध्यान जानु पर्छ । एकवर्ष भन्दा तलका वच्चामा पनि कोरोना संक्रमण देखिएकोले बालबालिका पनि उच्च जोखिममा रहेका छन । यिनीहरुको सुरक्षामा अभिभावकहरु नै सवै भन्दा वढी सचेत रहनु पर्छ ।समाजमा देखिएका हत्या, हिंसा र वद्दो अपराधिकरणको निराकरण गर्न तथा निर्मला पन्तको हत्यारा पहिचान गरी सजाय दिलाउन सवैको साथ, सहयोग, खवरदारी, पहरेदारी आवश्यक छ । त्यसरी नै तुरुन्तै विद्यालयहरु संचालनमा आउने र पठनपाठन सुचारु हुने अवस्था छैन ।

ठूला कक्षामा वैकल्पीक माध्यमवाट पठनपाठन सुचारु गरिए पनि सवैको पहुँचमा पुग्न र प्रभावकारी वन्न सकेको छैन, यसलाई कसरी उपयोगी र पहूँच योग्य वनाउन सकिन्छ भन्ने सन्दर्भ र सानो सानो कक्षामा वैकल्पीक माध्यमवाट पठनपाठन सुरु नै नभएको र थालनी नै गरे पनि त्यो कति सार्थक वन्न सक्छ यस वारेमा अभिभावक, शिक्षक, वुद्धिजीवि, समाजसेवी, स्थानीय तह सवैको समन्वयमा छलफल, वहस, संवाद गरी यथासक्य चाँडो संभावनाको खोजी गर्नु पर्छ । विकल्प निकाल्न सकियो भनेमात्र वालवालिकाको सुन्दर भविश्यलाई सुनिश्चित गर्न सकिन्छ । अर्कोतर्फ वाल अधिकारसँग सम्वन्धित जति पनि विद्यमान कानुनहरु छन, यसको कार्यान्वयन,सो अनुसार के कति उपलव्धि हाँसिल भए, गरिएका प्रतिवद्धताहरु पूरा भए भएनन, कस्ता चुनौतीहरु सामना गर्नु प¥यो, आगामी नीति कार्यक्रममा के कुन कुराहरु थप गर्नु पर्ने, वजेटको अवस्था कस्तो रहयो जस्ता कुराको समीक्षा गर्नु पर्छ र सो अनुसार योजना वनाएर अगाडि वढ्नु पर्दछ ।

विपद् र जोखिमको अवस्थामा पनि बालबालिकाको संरक्षणकोलागि पूर्वाधारहरु खडा गरियो भने अहिलेको जस्तो समस्या पक्कै भोग्नु पर्दैन । यस पटकको संक्रमणले मानव सभ्याताप्रति चुनौती मात्र सिर्जना नगरी थुप्रै संभावनाको खोजी गर्नु पर्ने, पूर्वतयारीमा रहनुन पर्ने चेत पनि प्रदान गरेको छ । स्थानीय तहले नीति, कार्यक्रम, वजेट वनाउँदा नै बालबालिकाको सहभागिता, हक अधिकारको सुनिश्चितता, उपचार संयन्त्रहरुको पूर्वाधार विकास गर्ने सम्मका कुराहरु प्राथमिकतामा राख्नु पर्छ । बालबालिकासँग सरोकार रहेका उल्लेखित सवालहरु र सन्दर्भहरुलाई समय सापेक्ष रुपमा सम्वोधान गरी व्यवहारमा देखाउन सकियो भने मात्र दिवसको सार्थकता पुष्टि हुन्छ । यस वर्षको राष्ट्रिय बाल दिवस औपचारिकतामा मात्र सीमित नरही परिणाममुखी वनाउन सवैको सहकार्य र एकता कायम रहोस यहिनै सवैमा शुभकामना ।

लेखक कानुन व्ययवसायी हुन ।

प्रतिक्रिया दिनुहोस्