| बिहिबार, अशोज ८, २०७७

ट्युसन्, टुर, टिनएजर र टिचर

बसन्त राइ

गुरु अथवा शिक्षक जुन शव्दले उच्चारण गरे पनि मानिसको दिमागमा आउने पहिलो वाक्य भनेको औपचारिक शिक्षाको आँखा उघारिदिने गुरुदेव अर्थात भगवानको रुप । वास्तवमा देशको समृद्धि र रुपान्तरणको लागि उत्तराधिकारी निर्माणमा तल्लिन सारा शिक्षक वर्गको योगदानलाई मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ । म आफैले जुन विचार प्रस्तुत गर्दैछु यो ज्ञानको मुहान गुरुवर्ग नै हुन । तथापि वर्तमान परिवेशमा हाम्रो समाज, हाम्रो विद्यालय, ट्युसन केन्द्र अनि वार्षिक रुपमा आयोजना गरिने वनभोज तथा शैक्षिक भ्रमण र यि शव्दसंग सम्वन्धित टिचर र टिनेएजर छात्राहरु किन समाचारको शीर्षक वन्न गईरहेका छन् ? यो प्रश्नलाई समाज, अभिभावक र आम विद्यार्थीले गम्भिरतापुर्वक लिनु पर्छ भन्ने मूल मर्म नै यो लेखको सारांश हो ।


विगत केही दिनभित्र सामाजिक सञ्जाल भरी छरिएका समाचारहरुर व्यक्तिगत कुराकानीको शिलशिलामा आदान-प्रदान भएको अनुभवहरुलाई प्रतिनिधि घटना को रुपमा समेटिएको छ जुन एउटा फेसवुक वालमा सेयर भएको लिंक र चिनजान भित्रको कुराकानीमा मात्र आधारित छन् ।
घटना १ः यही भदौ महिनाको २४ गते अन्नपूणर् पोष्टको अनलाईन पोर्टलमा प्रकाशित समाचार “जवरजस्ती करणी आरोपमा प्रिन्सीपल पक्राउ”उक्त समाचार १ नम्वर प्रदेश पाँचथर जिल्ला को हो र उक्त घटना वन्दावन्दीको वेला ट्युसन पढाउने शिलशिलामा घटेको घटना हो ।


घटना २ः यही भदौ महिनाको २३ गते ताजा खवर नामक अनलाईन पोर्टलमा प्रकाशित समाचार “मलाई आफ्नै सरले यस्तो वनाए” उक्त समाचार सुदुरपश्चिम प्रदेश बैतडी जिल्लाको हो र उक्त घटनामा आफुलाई पढाउने शिक्षक द्धारा वालिका घरमा एक्लै भएको मौका छोपी जवरजस्ती करणी गरेकोे घटना हो ।


घटना ३ः यही भदौ महिनाको २० गते लेकाली अनलाइन नामक अनलाईन पोर्टलमा प्रकाशित समाचार “यदि सरले मलाई विहे गरेको भए म बलात्कारको मुद्धा लगाउने थिइन” उक्त समाचार ५ नम्वर प्रदेश सल्यान जिल्लाको हो र उक्त घटना विद्यालयको शैक्षिक भ्रमणबाट सुरु भएको गलत नियत ट्युसन क्लास हुदै शिक्षक(छात्राको प्रेम सम्वन्ध अनि वालिका गर्भवती हुँदा शिक्षकले वेवास्ता गर्न थाले पछि को हो ।


माथीको समाचारहरु त केवल प्रतिनिधी घटना मात्र हुन । शिक्षक र विद्यार्थीको ट्युसन क्लासबाट लभ परेर विवाह गरी भागे, सरले स्कुटर सिकाउने वाहानामा म माथी दुव्र्यवहार गर्‍यो, शैक्षिक भ्रमणमा जादा सरले मलाई प्रपोज गर्नु भयो, ट्युसन पढाउने वेला सरले मेरो गोप्य अंगमा टच गर्नु भयो आदि आदि । यि कुराहरु छात्राहरुले आफ्नो अभिभावकलाई वताउन नसकेर मिल्ने साथीहरु विचमा कुराकानीको शिलशिलामा आउने वाक्यहरु हुन ।


वाल संरक्षणको मुख्य चार वटा क्षेत्रहरु वाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार सिद्धान्तगत रुपमा सवै पेशाकर्मीले अवलम्वन गर्नै पर्छ र भईरहेको छ भनेर नेपाली समाज ले गर्ने विश्वासको आधारमा आफ्नो पेशामा मानिस टिकिरहन्छ । सिद्धान्तलाई अनुभुति गराउन र व्यवहारमा लागु गर्न पहिलो मार्गदर्शक अभिभावक भएता पनि औपचारिक भुमिका विद्यालय र शिक्षक को नै हो ।


वालवालिकाहरु जति उच्च कक्षामा भर्ना हुदै जान्छन त्यत्तिनै कक्षागत भार, उमेर तथा शरिरको वृद्धि संगै बानी,व्यवहार, सोचमा आउने परिवर्तन, साथी संगतको प्रभाव आदि को कारण औसतमा १२ वर्ष देखी १६ वर्षको उमेर समुहलाई अति संवेदनशिल मानिन्छ । कक्षा ८ को आधारभूत तह र कक्षाको १० पश्चातको माध्यामिक शिक्षा परिक्षाको तयारी, यहि उमेर समुहमा अतिरिक्त क्रियाकलापको माध्यामबाट जन्मजात निपुणता पहिचान गर्ने महत्वपूणर् क्षण, वाह्य ज्ञानको लागी आयोजना गरिने शैक्षिक भ्रमण र वनभोज, जटिल विषयहरुको घर र विद्यालयमा सञ्चालन हुने ट्युसन कक्षा आदि सम्पुणर् परिवेशमा संलग्न हुनु पर्ने कक्षा ६ देखी १० सम्म अथवा १२ देखी १६ वर्ष उमेर जसलाई टिनएज भित्र समेटिन्छ ।


एक जना गृहणीले आफ्नो छोरा छोरीलाई विद्यालय पठाउने समयमा राम्रो पढेर आए वेलुका मिठो खाजा पकाएर राखिदिन्छु भनेर पुरा आशा र भरोसाको साथ विद्यालय पठाउछन् । वेलुका घरमा छोरा छोरी आए पछि गृहकार्य गर्न अटेर गरेमा पख तेरो सर/म्याडम लाई भनिदिन्छु भनेर डर देखाउछन् किनकी मैले भनेको मानेनन् भने सर/म्याडम लाई भने पछि छोरा छोरी सुध्रिन्छन भन्ने पूणर् विश्वास छ । विद्यालय भनेको सरस्वतीको मन्दिर हो र उक्त मन्दिरमा पुजारी भनेका टिचर । विद्यालय एक पवित्र स्थल हो जहाँ ज्ञानगुणको मात्र गतिविधि हुन्छ तर अव यो प्रतिष्ठालाई वचाएर राख्नको लागी माथिकोशीर्षक र समाचार ले विद्यालय र शिक्षण जस्तो पवित्र पेशा लाई गिज्याउन थालेको छ ।


विद्यालयलाई ज्ञान केन्द्र वनाउने कि छात्राहरुको जीवन नर्कमय वनाउने केन्द्र, ट्युसनलाई थप ज्ञानको केन्द्र वनाउने कि शिक्षक विद्यार्थी विचको भौतिक दुरी कम गर्ने अवसर, टुर र पिक्नीकलाई वाह्य ज्ञान तथा पुनर्ताजकिको अवसर वनाउने कि प्रेम प्रस्ताव राख्ने माहोल, यो सवै विषय मा अन्तक्रिया गर्ने समय आएकै हो र अन्तरआत्मा देखी मनन् गर्दै विद्यार्थी र शिक्षक विचको पवित्र सम्वन्धलाई अनलाईन पत्रपत्रिकाको लज्जित शीर्षक नवनोस भनेर प्रण गर्ने समय पनि आएकै हो ।


सवै शिक्षक र विद्यालयलाई एउटा भाँडामा राखेर मुल्यांकन गर्नु पक्कै पनि न्यायोचित होईन तथापी समाज र समुदाय ले छोरा छोरी घर, आफन्त, विद्यालय, ट्युसन केन्द्र, टुर, वनभोज, कल्चर, खेलकुद केन्द्र, साथीसंग आदि आफु भन्दा टाढा हुँदा कति सुरक्षित छन भन्ने विषय मा त्रिकोणात्कम शैलीमा सोच्नु पर्ने अभिभारा थपिएको छ । किनकी समाजमा सवै मान्छे निष्ठावान हुन्न भन्ने प्रमाणकोलागी समाचार नै काफी छन् । सिद्धान्त र तत्थ्यांकले वालवालिकाहरु गलत नियतको शिकार हुने भनेकै आफन्त, शिक्षक, छिमेकी, साथीभाई आदिबाट हुन ।


अन्त्यमा, समस्याको पहिचान हुनु भनेको आधा समाधान हुनु हो। जुन घटनाहरु घटिरहेका छन त्यसको कारण पिडकमा आत्मज्ञानको कमी र पिडितको हकमा अभिभावकत्व को कमि देखिन्छ । पिडकले पेशागत मर्मलाई मनन गर्दै जिम्मेवारी वहन गर्नेर वालवालिकालाई उमेरसंगै अभिभावकबाट सम्भावित घट्ना दुर्घटनाको वारेमा ज्ञान दिने हो भनेसम्भावित घट्ना बारेमा समयमा जानकारी हँुदा घटना हुन पाउदैन । विद्यालयमा सवैलाई वालसंक्षण र वाल अधिकार को तालिम पश्चात वाल संरक्षणको सिद्धान्त अवलम्वन गर्नको लागिस्थानीय सरकारको रोहवरमा स्व-घोषणा पत्रमा हस्ताक्षर गराएमा सजग हुन लाई एउटा नजिर वन्न सक्छ ।

असल शिक्षक बाट नै असल विद्यार्थी उत्पादन हुन्छन्, असल विद्यार्थी बाट असल कामको अपेक्षा गर्न सकिन्छ र असल काम बाट समग्र समाज र देशको रुपान्तरण हुन्छ । तसर्थ आत्मा लाई साक्षी राखी पवित्र मन, पेशागत धर्म र पूणर् जिम्मेवारी वहन गर्ने प्रतिवद्धता सहित सभ्य भव्य समाजको निर्माणमा आत्मसाथ गर्न प्रण गरौ ।

प्रतिक्रिया दिनुहोस्