| शनिबार, कार्तिक ८, २०७७

विद्यालय संचालन गर्नु अघि र गरेपछि यी कुरामा ध्यान दिनुहोस्

गोकर्ण ढकाल

साना बालबालिकाहरुको सिकाइ प्रक्रिया लामो समय अवरुद्ध हुदा बच्चाहरुको सिकाइ क्षमतामानै असर पर्छ। नेपाल जस्तो देशमा त झन सिकाइको लागि पुर्ण रुपमा विद्यालयमा मात्रै निर्भर छन। अभिभावक अशिक्षित हुनु र प्रविधिको प्रयोग हुन नसक्दा ग्रामीण भेगमा वैकल्पिक शिक्षण त्यति प्रभावकारी हुन सकेको छैन। विद्यालय फेरि संचालक हुन नसक्दा धनी र गरिब तथा पहुँचवाला र बिपन्न बिचको खाडल झन बढदै जाने देखिन्छ।

विद्यालय बाहिर हुँदा बालबालिका माथी हुने दुव्र्यवहार, यौन हिंसा, किशोरीहरुमा हुने गर्भधारण र अन्य समस्या बढदै जान्छ। निरन्तरको दैनिकी बाट छुट्टिनु पर्दा र लामो समय सम्म आफ्नो साथीहरु लाई भेटन नपाउदा उनीहरुलाई मानसिक असर सम्म परेको हुन सक्छ। यी समस्या दुर्गममा र बिपन्न बर्गमा झन बढी हुन्छ।

सरकारले पनि जोखिम कम भएको ठाउ हरुमा विद्यालय खोल्ने तयारी गरेको भन्ने समाचारहरु आउन थालेका छन। यसरी हेर्दा उपत्यका र शहरी क्षेत्र भन्दा गाउँ तिर विद्यालय छिटो खुल्न सक्ने सम्भावना देखिन्छ ।

विद्यालय संचालन गर्नु भन्दा पहिले र सन्चालनको दौरानमा ध्यान दिनु पर्ने कुराहरु:

१. स्थानीय जनप्रतिनिधि, स्वस्थ्य विज्ञ, विद्यालय प्रधानाध्यापक, अभिभावक प्रतिनिधि सहितको एउटा समूह बनाएर WHO, UNICEF र राज्यले दिएको guidelines follow कसरी गर्न सकिन्छ विस्तृत योजना बनाउने। धेरै देशमा विद्यालय सन्चालन भएको केही हप्तामा बन्द भएका छन तेसैले कस्तो अवस्था आयो भने फेरि विद्यालय बन्द गर्ने भन्ने कुरा पहिलेनै निर्दिष्ट गर्ने।

२. विद्यालयलाई PPE, Thermo gun, mask disinfectant लगायत सुबिधाको लागि आर्थिक तयरी गर्ने। सरकारि विद्यालयको लागि कुनै निकायको सरकारले ब्यबस्थापन गर्छ होला।

३. आर्थिक संकट, मनोबैज्ञानिक समस्या, लामो समय विद्यालय बन्द हुदा केही विद्यार्थी विद्यालय आउन मन नलाग्न सक्छ यस्को लागि विद्यालयको अग्रसरता र स्थानीय जनप्रतिनिधिको सहयोगमा विद्यार्थीलाई विद्यालय लैजान सक्नु पर्छ।

४. zero case भएको ठाँउमा १५ दिन पछि मात्रै पहिलो चरणमा विद्यालय सन्चालन गर्ने।

५. सुरुमा माथिल्लो कक्षाका विद्यार्थीको लागि मात्रै विद्यालय खोल्ने र क्रमश अवस्था अनुसार तल्लो कक्षा सन्चलान गर्ने।

६. एउटा कक्षा हप्ताको १/२ दिन मात्रै विद्यालय जाने गरि routine basis मा सन्चालन गर्ने यसो गर्दा विद्यार्थीको संख्या कम हुन्छ र भौतिक दुरि कायम गर्न पनि सजिलो हुन्छ।

७. कक्षाकोठाको आकार अनुसार विद्यार्थी संख्या निर्धारण पहिलेनै गर्ने र सके सम्म प्रत्येक बच्चाको बस्ने ठाँउनै निर्धारण गरिदिने। एकदिन मा सबै कक्षा विद्यालय न आउने हुदा कक्षाकोठाको समस्या हुँदैन र शिक्षकको routine तेहि अनुसार बनाउने। यसरी हेर्दा दिन अनुसार फरक routine बनाउन पर्ने भएकोले प्रधानाध्यापकले निकै मेहनत गर्नु पर्ने देखिन्छ।

८. बिहान बेलुकाको assembly नगराउने वा तर विभिन्न जानकारी गराउन assembly मा सजिलो हुने भएकालेे भौतिक दुरि कायम गराएर गर्ने । भिडभाड हुन सक्ने अर्को ठाँउ शौचालय हो। यहाँ पनि भौतिक दुरि र सरसफाइमा धेरै ध्यान दिनु पर्छ।

९. खाजा सके सम्म घर बाटनै ल्याउन लगाउने र आफ्नो आफ्नो खाजा आफ्नै ठाउमा बसेर खान लगाउने। खाजा खाने समयमा पनि शिक्षक कक्षा कोठामै duty बस्ने।

१०. मास्क को प्रयोग अनिवार्य गराउने , मास्क बारम्बार छुने, तलमाथी सार्ने नगर्न सिकाउने। नाक र मुख पुरा छोप्ने गरि मास्क लगाउने बोल्दा मास्क नखोल्न सिकाउने।

११. रुघाखोकी लगायत अन्य समस्या भएका विद्यार्थी र कर्मचारी लाई विदा दिने। खोकी र हाच्छिउ गर्न परे कक्षाकोठा बाट बाहिर खुल्ला ठाँउमा गएर गर्ने।

१२. ग्लोव्स को प्रयोग भन्दा हात धुनु राम्रो हो। धेरै धारा र पानीको ब्यबस्था गर्न सके राम्रो। routine नै बनाएर हात धुन लगाउने पानीको अभाव भएको ठाँउमा sanitizer को प्रयोग गर्न सकिन्छ। जतिबेला पनि हात धुन सम्भव नहुन सक्ने भएकोले sanitizer को प्रयोग गर्न सके राम्रो।

१३. शिक्षकले भौतिक दुरिको बारेमा विद्यार्थीलाई बताउने र निगरानी राखी रहने। १४. सबै शिक्षकले सम्भव नभए पनि सरसफाइ गर्ने कर्मचारीले सके सम्म PPE को प्रयोग गर्ने।

१५. स्वास सङ सम्बन्धीत ध्यान र योगा गराउने।

१६. विद्यालय सुरु भएको दिन हरु मनोबल उच्च बनाउने खालको गतिविधि र सिकाइ गर्न सकिन्छ। लसपस र भौतिक दुरि कायम गर्न सके शरिरिक ब्यायम र खेल्कुद गराउन सकिन्छ तर एकै ठाँउमा जम्मा हुने खालको अतिरिकत क्रियाकलाप गराउनु हुन्न।

१७. दीर्घ रोग लागेका कर्मचारी र विद्यार्थी लाई सुरुको १५ दिन विद्यालय नबोलाउदा राम्रो।

गुरुबर्ग लाई अनुरोध :

१. कम समय पढाई हुदा अब कसरी course सक्काउने भन्ने डर शिक्षकहरुमा देखिन्छ। यस्को लागि शिक्षकले धेरै तयारी गरेर विद्यालय जानु पर्ने हुन्छ। छोटाे समयमा पाठ्यक्रमलाई ध्यान दिएर नछुटाइ नहुने कुरा मात्र पढाउन सकिन्छ।

२. शिक्षकले अनुसासन पालना गरे मात्रै विद्यार्थीले अनुसासन पालना गर्ने र गराउन सजिलो हुने भएकाले भौतिक दुरि मास्कको प्रयोग लगायत सबै कुरामा अनुसासित भएर नमुना प्रस्तुत गर्ने।

३. शिक्षक पाठ्यपुस्तकको ज्ञान र सुचना दिने ब्यक्ती मात्रै होइन। शिक्षकले विद्यार्थीको मनोबैज्ञानिक पक्षको पनि ख्याल् गर्ने, मनोबल उच्च गर्ने र हेर बिचार पनि गर्नु पर्ने भएकोले आफ्नो कक्षा बाहेक पनि प्रत्येक सेकेन्ड आफू duty मा रहेको कुरा ख्याल् गरि नयाँ परिवेशमा बनाइएका नियम पालनामा सहयोग गर्ने। सबै शिक्षक कृयासिल नभए बालबालिकाको हेरचाह सम्भव छैन।

भिमसेन थापा गापा ८ (हाल काठमाण्डौँ)

प्रतिक्रिया दिनुहोस्