| शनिबार, कार्तिक ८, २०७७

सन्दर्भ: विश्व अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

मोहनलाल श्रेष्ठ

१) अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस विगत वर्षहरुमा जस्तै विविध कार्यक्रमहरु गर्नको लागि यस वर्षको कोभिड १९ को महामारिको कारण जेष्ठ नागरिकहरु भेला गराई कार्यक्रम गर्न नसकिएको व्यहोरा अवगत गराउन चाहान्छु । तर पनि आ(आफ्नो घरमा रहेका जेष्ठ नागरिक वुवा आमाहरुलाई घरमै राम्रोसंग स्याहार सुसार गरिदिनुहुनको लागि घरपरिवारजन सम्पूणर् महानुभावहरुमा हार्दिक अपिल समेत आजको दिनमा गर्न चाहान्छु ।

२) जीवन नयाँ भएर जन्मन्छ पुरानो भएर अस्ताउँछ । यो प्रकृतिको नियम नै हो ।
जेष्ठ नागरिक भन्ने वित्तिकै ज्ञान र सिपको अमूल्य भण्डार हो भन्नुमा अत्युक्ति नहोला जसले आफ्नो जीवन कालमा कयौं उकाली ओराली पार गरी आफ्नो दैनिक दिनचर्या लगायत मुलुकको लागि धेरै ज्ञान सीप दिदै आफ्नो जीवनशैली व्यतित गराउँदै आएको हुन्छ । यो प्रकृया विश्वमा अनन्त रही रहने विषय हो ।

हामीले यसलाई निरन्तरता दिँदै संस्कार बसाल्दै जान जरुरी हुन्छ ।
जस्तै : विश्व व्रह्माण्डको श्रृष्टि अनुसार मानिस जन्मे पछि मर्नु पर्ने प्राणी हो । त्यसैले हामी पनि मानिस भएर जन्मियौ बालक भयौ, केटाकेटी भयौ, तन्नेरी भयौ । हुँदै जाँदा दिनदिनै बुढा हुँदै एक दिन संसार छाडेर जान्छौं । त्यो बनिबनाउँ रचना नै हो ।

त्यसैले एक दिन हामी पनि जेष्ठ नागरिक हुन्छौँ भन्ने भावना लिएर हामीले आफ्नो घरमा भएका बाबु आमालाई सम्मान गरौं । हेला नगरौं । जन्मँदा आँखाको नानी खुशी हुन्छौं । बुढा भएपछि आँखाको कसिङ्गर नबनाऔं । हाम्रो धर्मले भनेको छ मातृ देवो भव ः पितृदेवो भव ः । अथवा बाबु आमा वृद्धाहरु भनेको देउता हुन हामीलाई जन्माएर, हुर्काए, पालनपोषण गराए, पढाए, त्यो भन्दा ठूलो के हुन सक्छ ।

आज पश्चिमा मुलुकको सभ्यताले छोएको आफ्नो धर्म संस्कारलाई नै बिर्सिएर विभिन्न रङ्ग मञ्चमा नाच्न पुगिरहेको हामी पाउँछौं । घर घरमा बाबु आमालाई रुवाएर बिचल्ली बनाएर आफू विदेशमा रमाएका छौं । यसले जेष्ठ नागरिकलाई राम्रो सन्देश दिदैन त्यसैले हामी युवा युवतीहरुले बेलैदेखि सचेत हुन जरुरी ठान्दछु ।

३) जेष्ठ नागरिकहरुले पनि आफ्नो कर्तव्यलाई भुल्न हुँदैन । जस्तै हिजोको कुरा आज हुँदैन, आजको कुरा भोलि हुँदैन भने झै सबै विर्सिएर जानाले हाम्रो हिजोको इतिहासहरुलाई पनि बिर्सिएर जाने कुरा हाम्रा जीजु बाजेहरुले जाने र भोग्दै आएका कुराहरु आजका युवा पुस्ताहरुलाई सिकाउँदै बुझाउँदै आउनुपर्ने हाम्रो दायित्व हो । त्यसलाई भन्छ पुस्ता हस्तान्तरण ।

जिजुलेबाजे(बजै)ले बाजे(बजै)लाई, बाजे(बजै)ले छोरा(छोरी), छोरा(छोरी)ले नाति(नातिनी)लाई र अब बाबुआमाबाट अहिलेको पुस्तालाई हामीले दिदै भोलि हामी पनि बाबु आमा हुँन्छौ । छोराछोरीलाई सिकाउदै छाडेर जाने भन्ने परम्परा कायम राख्नुपर्छ भन्ने सन्देश दिदै जाऔँ ।
जस्तै अहिलेका पुस्तालाई धेरै कुरा थाहा नहुन सक्छ जस्तै कोभिड १९ महामारी विश्व व्यापी फैलिरहेको अवस्थामा त्यस रोगको उपचार छैन औषधी बन्न सकेको छैन ।

खोप बन्नलाई अझै दुई वर्ष लाग्छ भनी विश्व स्वास्थ्य संगठनको भनाई छ । तर हाम्रो आफ्नो घर दैलोमा भएको औषधीले के काम गर्छ भन्ने थाहा नहुन सक्दछ । त्यसकारण जेष्ठ नागरिक वुवा आमाले अहिलेका लागि सिकाउनुपर्छ ।

अहिलेको रोगको लागि बेसार, अदुवा, टिमुर, पिपला, गुर्जो, पारिजातको पात, तुलसीको पात राखेको पानी रेगुलर बिहान बेलुका खाएमा यस रोगलाई आक्रमण गर्नबाट रोकथाम गर्छ भन्ने व्यापक छ त्यो कुरा सिकाउने कि नसिकाउने ? साथै घोट्ताप्रे पात पाएसम्म निरन्तर दुई चार पत्ता दिनदिनै खाएमा स्मरण शक्ति, बौद्धिक क्षमता बढ्दै जान्छ ।

अहिलेका पुस्ताले घोट्ताप्रे भनेको चिनेकै छैनन् । त्यसकारण हामी जेष्ठ नागरीकहरुले पनि आउने पुस्ताहरुलाई सिकाउदै चिनाउदै जानु पर्ने दायित्व हुन्छ । यसमा कन्जुस्याई नगरौं । यसलाई भनिन्छ पुस्ता हस्तान्तरण । अहिले भएका जेष्ठ नागरिकले अहिलेका पुस्तालाई आफुसँग भएका सिप ज्ञानहरु दिदै जाऔं र लिनेले पनि जान्ने र बुझ्ने चेष्टा राखी अगाडि बढ्दै जानेछ भन्ने आजको आवश्यकता हो भनी आफ्नो धारण प्रस्तुत गर्दछु । धन्यवाद ।
(अध्यक्ष,जेष्ठ नागरीक जिल्ला संघ, गोरखा)

प्रतिक्रिया दिनुहोस्