| बुधबार, फाल्गुन १९, २०७७

editorial

अदालतको भवन हस्तान्तरणमा बखेडा


भूकम्पले भत्किएका गोरखा सरकारी कार्यालयहरु मध्य नौवटा कार्यालयको पुननिर्माण गरिएको छ । चार वटा कार्यालयलाई मर्मत गरिएको छ ।
पुनर्निर्माण भएकामध्य सबैभन्दा ठूलो गोरखा जिल्ला अदालत हो ।
जिल्ला अदालत १६ करोडभन्दा धेरैको लागतमा निर्माण सम्पन्न भयो । तर निर्माण सम्पन्न भएको धेरै महिना बितिसक्दा पनि अदालत भने भाडाकै घरबाट सञ्चालित भयो ।
अदालत निर्माणको काम यति तिब्र गतिमा भयो र काम पनि यति प्रभावकारी रुपमा भयो कि, अन्य निर्माण व्यवसायीहरुका लागि प्रेरणा दायी भयो । काममा अल्छी गर्ने, आलटाल गर्ने, बिचैमा छाडेर भाग्ने ठेकेदारहरुका लागि अदालत निर्माणको कामले गिज्याउँथ्यो ।


ठेक्काको काम हुनु त अदालतको जस्तो हुनु भन्ने यसको निर्माण कार्य देख्ने जो कोहीको मनमा पथ्र्यो । तर दुखद के भयो भने यो निर्माणको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि हस्तान्तरण भएन अथवा अदालतको उद्घाटन अहिले सम्म पनि भएको छैन । तर सरकारी ढुकुटीबाट भाडा तिरेर अरु कसैको घरबाट सञ्चालन गरिरहनु पर्ने अबस्था रह्यो ।


निर्माण गरिदिनु पर्ने सानातिना काम सम्पन्न नगर्दिनाले आफूहरुले कार्यालय नयाँ भवनमा सार्न नपाएको अदालतको भनाइ थियो भने सम्झौताभन्दा बाहिरका कतिपय काम गरिदिन अदालतले आग्रह गरेकाले काम हस्तान्तरण गर्न कठिन भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले भन्दै आएको थियो ।
्जे होस्, हस्तान्तरण नभए पनि अतालतले आइतबारदेखि नयाँ भवनमा कार्यालय स्थानान्तरण गरेको छ । अब त्यहाँका कर्मचारीले पनि र सेवाग्राहीले पनि सुविधा पाउने भएका छन् । भाडा तिरिरहनु नपर्ने भएपछि सरकारी ढुकुटी पनि जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्