| बुधबार, फाल्गुन १९, २०७७

धार्मिक आस्थाका धरोहर गुरू गोरखनाथ

यदु अधिकारी

गोरखालाई पर्यटन बोर्डले माथिल्लो मनास्लु र तल्लो मनास्लु भनी दुई भागमा विभाजन गरेको छ । तल्लो मनास्लुलाई तीन भागमा विभाजन गरी मनास्लुको नक्सा समेत प्रकाशित गरी प्रचार गरेको छ । तल्लो मनास्लुको एक नम्बरमा मनकामनादेखि गोरखा बजारसम्मलाई कायम गरिएको छ । यसलाई धार्मिक मार्ग भनिएको छ । माता मनकामनाको दर्शन र पूजा गरी मनकामनाकोटको लुङ्गछाक (दुईवटा गाडेको ढुङ्गा) बक्रेश्वरीको दर्शन गरी यात्रा गर्दा लखन थापा गुफा, घैरुङ्गको हिमाला माई, बुङ्गकोट कोटकी देवी, ढुङ्गागाडे देवी, बराह देवता, रानीवनको सरस्वती, विन्ध्यावासीनी देवी र गोरखाका तल्लो कोट, माझकोट, उपल्लोकोट, बज्रभैरव, पश्चिमकाली, मैदान कालिकाले जनमानसको मन जित्दछन् । गोरखा कालिकामा औंशी, एकादशी र श्रावण बाहेक अन्य दिनमा बली, नित्य पूजा हुन्छ । गोरखनाथलाई राजाहरुको पनि गुरु भएको हुनाले श्री ६ भनिएको हो । गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई आमासँग दही मागेर लेऊ भनेर अह््राएछन् दही मागेर ल्याएपछि आफूले खाएको दही उनलाई दिँदा खुट्टामा परेछ तिमीले खाएको भए बोलेको पुगथ्यो दही खुट्टामा पर्‍यो तिमीले टेकेको ठाउँमा विजय पाउने छौं भनी आर्शीवाद दिएका थिए भनी लोकोक्ति छ ।


अनाधिकालदेखि नै गोरखनाथ प्रति मानिसहरूमा आध्यात्मिक भावना भएको पाइन्छ । गोरखनाथ भनेका शिवको प्रतिक हुन । व्रम्हा वष्णु महेश्वरको ३ रूप प्राप्त गरेपछि गोरखनाथ हिमाल खण्डमा प्रवेश गर्ने क्रममा गुफा खोज्दै वारपाक पुगे त्यहाँ उपयुक्त ठाउँ फेला नपरेपछि गोरखाको माझकोटको गुफामा आए । यिनको महिमा थाहापाई जनमानसले पूज गर्न थाले र मन पर्ने प्रसादको रूपमा रोटी चढए । उनको नामवाट १२७० मा गोरखा नाम रहयो भनी सूर्यनाथ अर्याल वताउँछन । पृथ्वीनारायण शाहलाई आशीर्वाद दिए भनि जनमानसमा अध्यावधि चर्चा छ । धार्मिक रूपवाट गोरखनाथको महत्व झल्काउन गोरखामा हरेक वैशाख पूणर्िमा देखि रोट महोत्सव आयोजना गरिन्छ ।


गोरखा बजारबाट केही माथि डाँडामा रहेको गोरखा दरवार परिसरभित्र नै गोरखनाथको मन्दिर छ । मन्दिर पछि वनेको भए पनि गोरखनाथको पूजा आजा भने द्रव्य शाहकै पालादेखि शुरू भएको अनुमान गरिन्छ । गोरखनाथ, नाथ सम्प्रदायका सिद्धयोगी मानिन्छन् । यिनले मच्छिन्द्रनाथसँग शिक्षा ग्रहण गरी सिद्धि प्राप्त गरेका हुन भनिन्छ ।


गोरखनाथ गुफा (मन्दिर) को गर्भगृहमा गोरखानाथको सिंहासनमाथि राखिएको प्रस्तर चक्र हो । चाँदीबाट निर्मित उक्त सिंहासन कलात्मक छ । सिंहासन अगाडि गोरखनाथको धातुको पादुका राखिएको छ । यहाँका अन्य मूर्तिहरू गुरू मच्छिन्द्रनाथ, वंश गोपाल र भैरवका छन् । यी सबै मूर्ति धातुका हुन् । मन्दिरभित्र भक्तजनहरूबाट चढाइएका असंख्य त्रिशुलहरू छन् । मूल गर्भगृह गुफाभित्र रहेको छ । गुफासँगै जोडेर बाहिर छाना सहित मन्दिरभाग विस्तार गरिएको छ । मन्दिरको प्रवेशद्वार पूर्वाभिमुख छ । मन्दिरभित्र र बाहिरी प्राङ्गणमा राजेन्द्रलक्ष्मी देवीका पालादेखिका अभिलेख अंकित घण्टाहरू झुण्ड्याइएका छन् । इटाको पर्खाल भएको यो मन्दिरको दक्षिणतर्फ झ्याल निकालिएको छ । मन्दिरको छाना धातुको छ । यस मन्दिरको केही माथि गोरखनाथको धुनी पाटी र पूर्वतिर पशुपतिको छानो विहीन खुला स्थान र बाहिर उत्तरतर्फ पर्खालको खापामा गुहेश्वरीको स्थान रहेको छ । गोरखनाथको पादुका, पशुपति गुहेश्वरीको स्थापना पृथ्वीपतिशाहको पालामा भएको मानिन्छ ।

गोरखनाथ मन्दिरमा नाथ सम्प्रदायका योगीहरूद्वारा तान्त्रिक विधिद्वारा नित्य पूजा पाठ र रोट चढाउने कार्य हुन्छ । यहाँ योगाचार सुक्ष्म वेद विधिद्वारा पूजा गरिन्छ । चैतेदशै, वडादशैं, महाशिवरात्री, वैशाख शुक्लपूणर्िमा, साउने भण्डारा सुद्धि प्रतिपदादेखि ऐ चतुर्थीसम्म, प्रतिअष्टमी आदिमा विशेष पर्वपूजा सञ्चालन गरिन्छ । श्रावण, मंसिर महिनामा गोरखनाथलाई रोट चढाउन र पूजा गर्ने भक्तजनहरूको अत्यधिक भीड हुन्छ । मन्दिरमा रहेका भैरवका लागि एकादशी र औंशी, शिवरात्री र अन्य तोकिएका तिथि एवं विशेष अवस्था बाहेक अन्य दिन भक्तजनहरूबाट बोका र कुखुुरा बली दिन सकिन्छ । ताइ रोट र भुङग्रे रोट गोरखनाथका निकै प्रिय प्रसादी मानिन्छन् । यस मन्दिरको भौतिक अवस्था सामान्य रहेता पनि वर्षादमा गुफाभित्र पानी रसाउने समस्या छ । कुराकानीको आधारमा ः प्रदीप योगी, हरि थापा, हरि भुसाल गुरु गोरखनाथको महिमा स्वदेश र विदेशमा समेत चर्चित छ । गुरु गोरखनाथलाई प्रत्येक वर्ष वैशाख पूणर्िमादेखि दैनिक रुपमा रोट चढाउँन भक्तजनहरु आउने गर्दछन् । गुरु गोरखनाथलाई मन मर्ने दही बिहान चढाउने अभियान २०७७ पुष २७ गते पृथ्वी जयन्तीदेखि डा. सन्दीप गोखार्लीले शुरु गरेका छन् । गुरु गोरखनाथको आर्शीवादले पृथ्वी नारायण शाहले एकीकरण गरी सफलता पाए । अहिलेसम्म पनि गुरु गोरखनाथ जिवित छन् भन्ने जनधारणा रहेको छ ।

गुरु गोरखनाथलाई बिहान दही चढाएर टाढा-टाढा जाने यात्रुहरुले चढाएको रोट लान नसकेपनि दही भने प्रसादको रुपमा घर(घरमा लैजान सक्छन् र आफूले सोचेको कार्य सिद्धि हुन्छ भनी आत्मविश्वास सबै भक्तजनमा वृद्धि हुन्छ । त्यसैले यो अभियानलाई सबैले अगाडि बढाई प्रचार प्रसार गर्नुपर्दछ । गोरखाको महिमा र प्रतिष्ठा गोरखकाली, गोरखनाथले बढाएका छन् । मनकामनाको दर्शन गर्नेहरुलाई मोटरबाटोबाट गोरखा ल्याएर वा पैदलयात्रा गर्नेहरुलाई डाँडाडाँडैको मनकामना, तीनमाने, घैरुङ्ग, नाम्जुङ्ग, बुङ्गकोट, ढुङ्गागाडे, रानीवन माथिको कुहिरेभीरको डाँडो हुँदै उपल्लोकोट, भीमसेन पार्कसम्म पुर्‍याई एक रात बास बस्ने व्यवस्था मिलाई भोलिपल्ट गोरखनाथ र गोरखकालीको पूजा र दर्शन गर्ने व्यवस्था मिलाउन सकेमा गोरखाको धार्मिक पर्यटकीय महिमा बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्