| शुक्रबार, बैशाख ३, २०७८

editorial

सुनचाँदीको कारोबारमा व्यवहारिकताको सवाल

जिल्लामा भर्खरै आगमन भएका एसपीलाई स्वागत गर्दै सुनचाँदी व्यवसायी संघले स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा व्यवसायीहरुले सुनको कारोबार गर्दा व्यवहारिकता हेरिदिन एसपीलाई आग्रह ग¥यो ।
व्यवसायीको दृष्टिकोणले हेर्दा माग ठिकै देखिन्छ, किनभने सुन किनेकाले सुन पो हिफाजत गरेर राख्छन्, बिल त राख्दैनन् ।

अनि विशेष कारणवश आफूसित भएको सुन सुनचाँदी व्यवसायीलाई नै बेच्नु पर्दा वा धितो राखेर नगद सापटी लिनुपर्दा बिल देखाउनु अनिबार्य छ । अन्यथा सो सुनचाँदी कागजपत्र बिनाको ठहर्छ, गैरकानूनी मानिन्छ । अनि उमाथि कडा कारबाही सुरु हुन्छ ।
बिना बिलको सुन चोरीको ठहर्छ र कारबाही हुन्छ ।

यो नियमले गाउँठाउँका सर्वसाधारणलाई मर्का पर्ने सुनचाँदी व्यवसायीहरुको तर्क छ । ‘आफैले सुन किनेको पसलमा केही समयपछि फेरि बेच्न वा धितो राख्न जाँदा नपाउने व्यवस्था’ पुनर्विचार गर्नुपर्छ भन्ने व्यवसायीहरुको भनाइ छ ।
सुनचाँदीको अवैध कारोबार गर्ने जस्तो ‘बडील्याङ्वेज’ छ वा छैन, उसको शंकास्पद गतिविधि छ कि छैन, उसको विगतमा त्यस्तो गतिविधिमा संलग्न छ वा छैन हेरेर मात्र छानविन, अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउनु पर्ने व्यवसायीहरुको जोड छ ।
तर कानून अन्धो हुन्छ ।

कानूनले आफ्नो अर्को, धनीगरिब, जातपात, वृद्धबालवनिता केही पनि हेर्दैन । फेला नपारुञ्जेल त पारेन, पारेपछि समस्या पार्छ । काूननले व्यवहारिकता हेर्दैन । व्यवहारिकता हेर्न प्रहरीलाई पनि कठिन छ । यसको नियत असल छ, यसको नियत खराब छ भनेर नाप्ने उपकरण हुदैन । अनि बिना बिलको सुनको कारोबारमा आँखा चिम्लिन थाल्यो भने चोरी, तस्करीले प्रश्रय पाउँछ ।

प्रतिक्रिया दिनुहोस्