बाढीपहिरो पीडितलाई यथासीघ्र राहतको खाँचो
यो बर्ष बिगतमा भन्दा अधिक बर्सात हुनेछ भन्ने पूर्वअनुमान थियो । साथै यो बर्सात धेरै हानिकारक हुनेछ भन्ने पनि प्रक्षेपण थियो ।
भयो त्यस्तै ।
पहिलो चरणको बाढी, पहिरोले गोरखाको सन्दर्भमा बूढीगण्डकी करिडोरलाई बढि पीडित बनायो । विशेषगरी सल्लेरी, माछाखोला क्षेत्रमा बढि समस्या बनायो । सरकार र नीजि क्षेत्रले तत्काल ‘रेस्पोन्स’ गर्यो । अर्थात राहत, उद्धारको काम सीघ्र र जोडदार रुपमा भयो ।
दोस्रो चरणमो बर्सातको क्षति अधिक रुपमा पालुङ्टार क्षेत्रतर्फ भयो । विशेषगरी पालुङ्टार नगरपालिका वडा नं. २ र वडा नं. ९ मा यसको बिकराल रुप देखियो । त्यहाँका धेरैजना घरबासबिहिन भए । अझै धेरैजनाको घर उच्च जोखिममा रहेकाले बिस्थापित भएका छन् ।
हेर्दा घर ठाडो देखिए पनि पहिरोका बीचमा परेका, खोलाको कटानमा परेकाहरु धेरै छन् । तिनीहरुलाई पहिचान गरी सीघ्र राहत तथा उद्धारको काम गर्नु वाञ्छनीय हुन्छ ।
आफन्त गुमाएका, घरबास गुमाएका पीडित(पीडित उस्तै हुन् । कहीँका पीडितको मनमा धेरै पीडा, कहीँका पीडितको मनमा कम पीडा भन्ने हुदैन । जो पीडित घर गुमाएर बिस्थापित भएका छन्, जुन पीडित घर बस्न योग्य नभएर अन्यत्रै सरेर शरण लिएका छन्, सरकारले दिने राहत यथासीघ्र पीडितको हातमा पुग्नुपर्छ ।
अहिले प्राकृतिक प्रकोपमा परी घरबास गुमाएकालाई सरकारले घर बनाइदिने नीति अख्तियारी गरेको छ । यसका लागि पनि ढिला गरिनुहुन्न । पीडितले जतिसक्दो चाँडो राहत महशुस गर्नेगरी काम गर्नु सरकारको दायित्व हो ।