| बिहिबार, कार्तिक ४, २०७८

नेपालीलाई नपचेको प्रजातन्त्र ?

बद्री बहादुर मास्के

प्रशस्त धन संपत्ती हुँदाहुँदै पनि मान्छेहरु किन गरिब हुन्छन ? उसको कामगर्ने रंगढंग, क्षेमता, बुध्दि, विवेकमा भरपर्ने कुरा होईन र ? हो त्यस्तै हो हाम्रो देस नेपाल पनि । हालसालै एकजना चिनिय प्राध्यापक डा.हु ले भन्नु भाको छ “नेपाल सुनको कचौरा बोकेर भिख मागि रहेको छ” । ज्ञानको भण्डार छ, जलश्रोत, खनीज, जडिबुटी, हिमाल, नदिनाला, झरनाहरु, तालतलैया, उर्वरा भुमी, बनजंगल के छैन नेपालमा ? छैन त मात्र अशल मान्छे, नैतिकवान मान्छे, गुणी, दक्ष, योग्य, दुरदृष्टी भएका नेताहरु । विस्वमा भिख मागेर कसैले पनि आफ्नो देस बनायका छैनन् । आफ्नो देस आफै बनाउनु पर्छ, बनाई दिएपनि केहि स्वार्थ नलिई अर्काले त्यसै बनाउँदैनन् । त्यसैले आफ्नो देस आफै बनाउँ भन्नेतिर खै नेताहरुको घैंटोमा घाम लागेको ?


देस भित्रका सबै रैथानेहरु त्यो देसका जनता हुन् । जनता भन्ने वित्तिकै कोहि सानो कोहि ठुलो हुँदैन, समान अधिकार बोकेको हुन्छ । देस भित्रका संपत्ती सबै जनताको बराबर हकहुन्छ भन्ने कुरामा कसैको दुईमत छैन । तर नेपालमा त्यस्तो छैन, जनता दुइथरीका छन । नयाँ राणाजीको उदय भएको आभाष हुन्छ । जुनसुकै व्यवस्थामा पनि राज्य सन्चालनका लागि एक प्रतिनिधि मुलक सरकार आवश्यक हुन्छ । जुनकुरा नेपाली संग सदासर्वदा थियो नै । प्रतिनिधि निश्चित समयावधीका लागि चुनेर पठाएका हुन् । तर, हामि काहाँ त्यस्तो छैन, प्रतिनिधिहरु पदवाट हटेपछि पनि यथावत रुपमा आफुलाई ठान्छन । प्रािनिधि मुलक राज्य सन्चालन भनेको यहि हो त ? भन्ने मेरो एउटा जिज्ञाशा हो ।


नेपालको सन्दर्भमा यहि शताब्दी भित्र सात पटक व्यवस्था फेरियो । अझै कतिपटक फेरिने हो थाहा छैन । जतिपटक व्यवस्था फेरिय पनि संसारकै उत्कृष्ठ भन्ने गरेको छ । तर व्यवहारमा भने उत्कृष्ठताको संकेत सम्म देखाउन सकेको छैन । यसैगरि हरेकपटकको परिवर्तित् व्यवस्थाले देसलाई संवृध्द बनाउने र सु(शासन दिने भन्छन् । तर जनताले सँधै मालिकहरुको गुलियो बचन सुनेर वाक्कदिक्कमै जिवन विताउँनु पर्छ ।


मालिकले भनेपछि सोझो रुख पनि बांगो ठान्ने संस्कार र सँस्कृती रहेसम्म देस कहिल्यै विकास हुँदैन । सहि विकासका लागि राम्रो कामलाई राम्रो भन्नसक्ने, नराम्रोलाई नराम्रो र सक्षमलाई सक्षम भन्नसक्ने वातावरण हुनुपर्छ । २००७ सालमा १०४ वर्ष लामो शासन गर्ने राणाहरु धपाउन नेपाली कांग्रेसको अगुवाईमा नेपाली जनता सफल भएका थिए । नेपाली काँग्रेशको माग राजतन्त्र सहितको प्रजातन्त्र थियो । यसैवेला देखि जनताले शिक्षादिक्षा पाउनेगरि स्कुल पाठशालाहरु खुलेका हुन् । म आफु पनि यसैवेला खुलेको पाठशाला र स्कुलमा अध्ययन गरेको थिएँ । त्यसैले अगुवाई गर्ने नेपाली कांग्रेसलाई धन्यवाद दिन चाहान्छु । अन्यथा मेरो जिवन पनि त बाबुबाजेको जस्तै अँधेरो कठघरामा व्यतित् हुने थियो ।


वि.सं २०१५ सालमा पहिलो प्रजातान्त्रीक संसदीय चुनाब भएको मलाई राम्रैसंग ह्याका छ । यतिवेला नेपाली कांग्रेस पार्टीको अगाडी अरु दलहरु नगन्य देखिन्थ्यो । सोहि अनुरुप नेपाली कांग्रेसले पहिलो संसदीय चुनावमा बहुमत ल्याएर एकमना सरकार बनाउन सफल भएको थियो । यतिवेला हाम्रा स्कुलका हेडमाष्टर स्व.श्री बेद बहादुर पन्त ज्यूपनि संसदको चुनावमा विजय हुनुभएको थियो । २०१६ साल फाल्गुणमा प्रधानमंत्री विस्वेश्वर प्रसाद कोईराला गोरखाको भ्रमणमा आउँदा भव्य स्वागत गरिएको थियो । म आफु १२ वर्षको फुच्चे पनि घर अगाडिको स्वागत द्वारमा माला लिएर स्वागत गर्न तम्सेको थिएँ । तर, विपि कोईराला अग्लो हुनाले माला लगाई दिन उफ्रँदा विपि कोईराला हाँस्दै हात थापेपछि हातमा माला दिएको राम्रो संझना अझै छ । यसैवेला विपि कोईराला संगै हिड्ने कर्नेलले मेरो हातमा एकदाना ठुलो सुन्तला राखिदिएका थिए । फाल्गुण महिनामा सुन्तला पाउँदा म आफु खुसिहुँदै साथिहरुलाई सुन्तला बाँडेको पनि ताजा याद छ । यतिवेला विपि कोईरालाको संवोधन भाषण सुनेर जनता हौसियका थिए ।


अन्ततः २०१७ साल पौष १ गते राजा महेन्द्रले नेपाली काँग्रेसको बहुमतीय सरकार अपदस्थ गरि प्रधानमंत्री बिपि कोईराला सहित धेरै नेता कार्यकर्ताहरुलाई जेल पठाएको हामि सबैलाई थाहा छ । आठ वर्षको बन्दि जिवन पछि २०२५ कार्तिक १४ मा जेलवाट छुटेका बिपि कोईराला सरासर चाबहिल पुगेर भन्नु भएको थियो “श्री ५ को नेतृत्वमा प्रजातान्त्रीक आदर्शहरु प्रतिको आस्था व्यक्तगर्दै नेपाललाई बलियो, एकताबध्द र उन्नतीशील बनाउने मौसुफको सदिक्षालाई भक्तिपुर्वक सहयोग गर्नेछु । पंचायतकालका वारेमा अहिले यसभन्दा धेरै केहि बोल्दीन । भर्खर जेलवाट बाहिर आएको छु । यस व्यवस्थाका वारेमा बुझेपछि केहिकुरा बताउँला ।”


पंचायत व्यवस्थाको विरुध्दमा बोल्न थालेपछि विपि कोईराला भारतमा निर्वास हुनुभएको थियो । नेपालमा प्रधानमंत्री भैसकेका नेताहरु बग्रेल्तै छन । तर लक्ष सहित जनताका लागि राजनिति गर्ने दुरदर्शी नेता विश्वेस्वर प्रसाद कोईराला जस्ता भने कुनै नेता देखिएन । २०३३ सालमा भारतका प्रधानमंत्री ईन्दीरा गान्धीले ईमरजेन्सी लगाय पछि ज्यानदिनु परेपनि नेपालमै मर्नेभन्दै विपि कोईराला “राजाको गर्दन तल मेरो गर्दन माथि हुनेछ” भनि मेलमिलापको निति लिएर पुनः नेपाल आएका थिए । विपि कोईराला राजासंग मिलेर प्रजातन्त्र बहाली गर्ने ईच्छा राखेका थिए । यसरि निर्वासवाट फर्केपछि राजा विरेन्द्रले विपि कोईरालालाई सुन्दरीजलमा नजरबन्दमा राखे । उनि जनताको प्रत्यक्ष संपर्कमा आउन पाएका थिएनन् । तर २०३५ सालमा क्यान्सर रोगको पिडित भएकाले उपचारका लागि विदेस जान राजाले अनुमती दिएका थिए । उनि उपचारका लागि लण्डन जाँदा आफ्नी भान्जी शैलजा आचार्यलाई साथमा लिएर जानु भएको थियो ।


२०३५ सालमा तत्कालीन राजा विरेन्द्र्रवाट लण्डन आउनु अघि विपि कोईरालालाई भेट्न बोलाई बक्सँदा कार्यकर्ताहरुवाट “भेट्न जानुहुन्न भन्ने दवाव पनि थियो” भन्नु हुँदै “राजा र प्रजा मिलेर प्रजातन्त्रको पुनरबहालीका लागि भेट्नु पर्छ” भनेर राजा विरेन्द्रलाई भेट्न जानु भएको प्रशंग अन्तरवार्तामा ओकल्नु भएको थियो । “सानो मुलुक भएपनि नेपालको भविष्य छ । भुटान जस्तो भएर बस्नुपर्ने छैन । राजा र प्रजाको एकता हुन्छ हुन्छ” भन्दै नेपालको अग्रगामी भुमीका वारे बोल्नु भएको हामी सबैको अगाडी छर्लङ्ग छ ।


उपचारको क्रममा विपि कोईराला लण्डल जाँदा दिनु भएको अन्तरवार्तामा भन्नु भएको कुरा अहिले पनि समय सान्दर्भीक देखिन्छ । प्रस्तुत् छ वाहाँको अन्तरवार्ताको छोटो प्रस्तुतीः “साउथ एसियामा अहिले अस्थिरता छाईरहेको छ । हामि सानो मुलुक भएपनि राजतन्त्र र देसलाई जोगाउने होभने राजा र प्रजा मिलेर नेपालले एउटा छाप छोड्न सक्तछौं ।” माहाराज धिराजलाई भेट पाउँदा मैले सकारात्मक पाएँ भन्नुहुँदै उपचार पछि फेरि भेटेर यसवारेमा छलफल गर्नेकुरा बताउनु भएको थियो ।


यसैगरि विपि कोईरालाले “नेपालमा पुणर् प्रजातन्त्रको स्थापना होस् र आर्थीक विकास होस” भन्ने चाहाना रहेको वक्तव्यमा सुनियो । नेपालको आर्थीक विकासका लागि वाहाँले भन्नु भएको थियो “आर्थीक विकासका लागि पहिलो टार्जेट गाउँको विकासवाट थाल्नुपर्छ । गाउँले के चाहान्छ त्यो पहिले पुरा गर्नुपर्छ । अन्यथा मान्छेहरु शहरमा थुप्रिन्छन् ।” अहिले पनि वाहाँको दुरदर्शी यो विचार समय सान्दर्भीक देखिन्छ । तर अहिलेका नेताहरुले त्यसकुरालाई रतिभर वास्ता गरेको देखिन्न । अन्तरवार्ताको क्रममा विस्वेश्वर कोईरालालाई फेरि प्रधानमन्त्री बन्ने धोको छ भन्ने प्रश्नमा भन्नु भयो “पुनः प्रधानमन्त्री बन्नु ठुलोकुरा होईन, अहिले पनि देसमा प्रधानमन्त्री त छँदैछ नि । त्योभन्दा ठुलोकुरा देसलाई साउथ एसियामा कसरि अगाडि लैजाने भन्नेकुराको चाहाना ठुलो कुरोहो ।” भन्नुहुँदै विपि कोईरालाले कति ठुलो महत्वाकांक्षी चाहाना राख्नु भएको रहेछ भन्नेकुरा वाहाँको यो भनाईवाट स्पष्ट हुन्छ ।


प्रजातन्त्रमा पुणर् विस्वास राख्दै विपिले अर्को थपपनि भन्नु भएको थियो “नेपालमा राजतन्त्र र प्रजातन्त्र संगसंगै जानुपर्छ ।” आफु प्रधानमन्त्री हुँदापनि राजा भएको प्रशंग जोड्नु हुँदै भन्नुभयो “राजाको रुप समय समयमा बदलियको हुन्छ, राणाकालमा राजालाई बन्दी बनाईएको थियो । कुनैवेला नेपालमा दुई राजा थिए, नेपालमा ज्ञानेन्द्र, भारतमा त्रिभुवन । राजासंगको भेटघाटमा राजाले कि त तिमि बस कि म बस्छु भनेपछि कुराबाझिएको थियो । तर मैले भने, त्यसो होईन माहाराज प्रजातन्त्रमा राजाको पनि विशेष भूमीका हुन्छ । त्यसैले राजतन्त्र पनि राख्न चाहान्छौं ।” यसरि विपि कोईरालाले राजतन्त्र र प्रजातन्त्रलाई एउटै सुत्रमा बाँध्न खोजेको कुरा अन्तरवार्तामा स्पष्ट हुन्छ ।
प्रजातन्त्रलाई क्रान्तिवाट स्थापना गर्दै राजालाई संगै लियर जाने वाहाँको सोचाई रहेको अन्तरवार्तामा स्पष्ट देखिन्थ्यो । २००७ साल र अहिले के फरक पाउनु हुन्छ भन्ने प्रश्नमा विपि कोईरालाले “२००७ साल भन्दा अगाडी र अहिलेमा मान्छेहरुनै फरक छन् । पहिले बाहुनको कानुन् र क्षेत्रीको कानुन्नै फरक थिए । नेपाललाई गोरखा राज्य भन्थे, काठमाण्डु जानुपर्दा नेपाल जाने भन्थे, राजालाई गोरखाली राजा भन्थे, पल्टनलाई गोरखाली पल्टन भन्थे, तराईलाई मधेश भन्थे । तर आज त्यो छैन ।” यसरि दुरदर्शी नेता विपि कोईरालाले नेपालको विकासका लागि आफ्नो ईच्छा जाहेर गरेको पाईन्छ ।


पंचायती संविधानको तेश्रो संसोधनको वेला वि.सं.२०३७ सालमा नेता विपि कोईरालाले एक संतुलित वक्तव्य दिनु भएको थियो । प्रस्तुत छ जस्ताको तस्तै वक्तव्यको सारसंक्षेप “श्री ५ माहाराजतिराज द्वारा हालैमा घोषीत संविधानको तेश्रो संसोधन निराशाजनक छ । यस्मा निश्चयनै त्यस्ता तत्वहरु पनि समावेस भएका छन । जो संसदीय प्रजातन्त्रका विशेष लक्षण हुन । तर यि सकारात्मक तत्वहरुलाई संविधानमा अन्य प्रतिकुल धारावाट निष्कृय गर्ने प्रयत्न भएको छ । देसलाई अहिले यस्तो राजनितिक संयन्त्र चाहियको छ, जसले आर्थीक सामाजिक परिवर्तन ल्याउन सकोस् । जसले २० वर्ष देखि स्थापित प्रतिगामी, शोषणशील र अन्तराष्ट्रीय निहित स्वार्थको फन्दावाट देसलाई मुक्तगर्न सकोस् । र एउटा शसक्त राष्टूीय सक्तिको निर्माण गर्न सकोस ।”


नेता विपि कोईरालाले जनताको चाहाना वाहाँकै मुखवाट बोल्नु भयो “आज हामिहरुलाई चाहिएको यस्तो यन्त्र हो, जसले जनपृय संस्थाहरुको सृष्टी गरोस् । जस द्वारा आर्थीक विकासका लागि चाहिने हाँडघोटीने खालकोे प्रयत्नका लागि जनता सन्चालित हुन सकुन् ।” नेता विपि काईरालाले पंचायती व्यवस्थाको संविधान भित्र पनि केहि सकारात्मक पक्षहरु देख्नु भएको कुरा भन्नु हुँदै “यस संविधानमा त्यस्तो सकारात्मक लक्षण पनि छन, जसले यसलाई पुणर् वहिस्कारवाट जोगाउन सक्छ । तर त्यसरि जोगिनका लागी निर्वाचनको प्रकृयामा कुनै बन्देज रहनु हुन्न । र चुनावलाई निस्पक्ष र धाँधली रहित गराउनका लागि चुनाव भरपर्दो मातहतमा हुनुपर्छ । त्यस्तै अनेक छेकवारहरु पनि समाप्त हुनुपर्छ ।”


दुरदर्शी नेता विपि कोईरालाले २०३७ सालमै भन्नु भएको थियोकि “हाम्रो मुलुुक ठुलो संकटमा परेको छ, अस्तित्वनै संकटमा छ । हामिले आफ्नो निणर्य अत्यन्तै सावधानी र विचार पुर्‍याएर लिनु पर्छ । त्यसो हुनाले म आफ्नो सहयोगी साथि र अन्य नेताहरु संग छलफल गर्दैछु, एउटा मतैक्य स्थापनाका लागि यस संविधानका प्रश्नलाई लिएर । मलाई यसकुराले सन्तोष छकि हामि प्रजातन्त्रवादीहरुमा जुनसुकै पार्टी या ग्रुपमा विभाजित भएता पनि एक प्रकारको मतैक्य पाएको छु । यसै विचमा म श्री ५ माहाराजाधिराज संग पनि दर्शन गरि केहि बुँदाहरु वारे स्पष्ट हुन चाहान्छु ।”


राजा विरेन्द्र र विपि कोईरालाकोे संवाद अनुसारकै २०४६ सालमा राजा सहितको प्रजातन्त्र आएको थियो । तर विपि कोईरालाले भनेजस्तो विकासको थालनी गाउँवाट गर्ने प्रजातन्त्र भने आएन । बरु यहि कुराको सिको गरेर २०५३ सालमा प्रधानमन्त्री मनमोहन भट्टराईले “आफ्नो गाउँ आपैm बनाउँ” भन्ने नाराका साथ वार्षीक पन्ध्र हजार बजेट पाउने गरेको गाउँ पालीकालाई वार्षीक तिन लाखको बजेट निकाशा हुने बनाई दिएको थियो । तसर्थ, राम्रो कामको थालनी सत्रुको पनि सिको लिनुपर्छ भन्नेकुरा मनमोहन भट्टराईले प्रमाणीत गरि दिनुभयो । यसैवेला देखि नेपालमा जनयूध्द शुरुभएको हुँदा देसमा एउटा निकास आउने नेपाली जनतालाई आशा थियो । तर दिन वित्यो, महिना वित्यो, वर्षौ वर्ष वित्दै गए, जनताको आशा निराशामा परिणत हुनथालेको छ । यसै क्रममा २०५८ सालमा राजा विरेन्द्रको वंशनास हुनपुग्यो । यसपछि दुरदर्शी नेता विश्वेस्वर प्रसाद कोईरालाले भनेका राजा सहितको प्रजातन्त्र पनि तुहिन पुग्यो ।


सहि अर्थमा राजा सहितको प्रजातन्त्र नराम्रो थिएन । विस्वका कतिपय राष्ट्र बेलायत, जापान, थाईल्याण्ड, सुडेन, डेनमार्क, साउदी अरब जस्ता सक्तिशाली राष्टूमा राजा छन । नेपालका हिन्दु राजसंस्थालाई विस्वकै गौरवशाली मनिन्थे । २०४६ सालमा विपि कोईरालाले भनेजस्तै राजतन्त्र सहितको प्रजातन्त्र पुनः प्राप्त भएको थियो । तर, सबै नेतालाई राजाहुने चाहानाले यो बहुदलीय प्रजातन्त्र फेरि धरापमा पर्‍यो । अनि बहुदलीय प्रजातन्त्र भन्दापनि सुपर व्यवस्था भनि राजा फालेर संघीय लोकतन्त्र स्थापन गर्नतिर लागे । दशवर्ष लगाएर विस्वकै उत्कृष्ठ संविधान भनि आगाडि ल्याए, तर यो संविधान पनि फेरि धरमराउन थालेको होकि भन्ने जनताले आभाष गर्नथालेका छन् । नेपाली जनताले २००७ सालदेखि अहिले सम्ममा चारपटक प्रजातान्त्रीक बहुदलीय व्यवस्थाको बहुमत सरकार प्राप्त गरे । तर दुई तिहाईको अधिकार बाँदरको हातमा नरिवल जस्तै भएको जनताले महशुष गरे । संघीय गणतन्त्रका संविधानले गाउँगाउँमा शिंहदरबारको अधिकार भनेका थिए । तर जनताले अधिकार भन्दापनि गाउँगाउँमा छोटेराजा पुर्‍याएको सम्झेका छन । अहिले जनता तथा कार्यकर्ता बोल्नमात्र सकेका छैनन्, उनिहरु किंकर्तव्य विमुढको अवस्थामा पुगेको अवस्था देखिन्छ ।


माथि उल्लेख गरिए जस्तै देसको संवृध्द र सुःशासनका लागि सात पटक व्यवस्था फेरियो । तर जनताको चाहाना अनुरुप परिवर्तन आउन सकेन । अहिले परापुर्व कालको जस्तै नेताहरुवाट शोषण भैरहेको महशुष गरेका छन जनता । संघीय लोकतन्त्रवाट पनि निकाश पाउन नसके पछि विकल्पमा पुनः विपि कोईरालाको राजतन्त्र सहितको प्रजातन्त्रतिर जनता उन्मुख भएको होकि भन्ने देखिन्छ । हरेक क्षेत्रमा भ्रष्टाचारका कारण जनताले पाउने सुविधाका बदला कष्ट भोग्न बाध्य हुनुपरेका छन् । निरिह जनता रुँदै आफ्ना जहान परिवार छाडेर ऋण काढ्दै खाडि मुलुकको ५० डिग्रि तापक्रममा मजदुरी गर्न वाध्य छन । अर्काको देसमा नोकर हुन कसलाई पो रहर छ र । सरकार अझै लाजै नमानी रेमिट्यान्सले देस धानियको कुरा गर्छन् । दिनानु दिन लासको बाकस आईरहेको कुराप्रति रतिभर चिन्ता व्यक्त गरेका छैनन् ।
पहिलेका नेताहरु राजनितिलाई सेवा ठानेर जेलनेल खाई निर्वासमा जान्थे । हामि सबैलाई थाहा छ स्व.विश्वेस्वर कोईराला, स्व.गणेशमान शिंह, स्व.कृष्ण प्रसाद भट्टराई जस्ता माहान नेताहरुले त्याग तपस्या गरि जिवन अर्पेका थिए । अहिले ति माहान नेताहरुले देखाएको बाटो पनि छाडेर राजनितिलाई पेशामा परिणत गर्न थाले । बास्तवमा जनतालाई प्रजातन्त्र चाहिएको छ । तर प्रजातन्त्रमा कम्यूनिष्टले दिने जनमुखी शासन चाहेको छ जनताले । यसै प्रशङ्गमा बेलायतको लाईब्रेरीमा कार्लमार्कसले लेखेको एउटा किताबमा “विस्वमा कम्यूनिष्ट शासन बेलायत वाट शुरुहुन्छ, त्योपनि सबैभन्दा पहिला लण्डनबाटै हुन्छ” भनेको देखेपछि बेलायतको संसदमा हंगामा मच्चीएको थियो रे । यसपछि बेलायतका संसदहरु छलफलमा जुट्न थाले “के हामि प्रजातन्त्रीक शासनमा कम्यूनिष्टले दिने सेवा सुविधा दिन सत्तैmनौं ?” भनेर जनताको सेवा सुविधालाई व्यापक बनाउन थालेका थिए भनिन्छ । यसपछि कार्लमाक्सले भनेजस्तो बेलायतमा कम्यूनिष्ट शासन आउन सकेन । जनतालाई सुृःशासन र सेवासुविधा दिन नहुने कुनचाहीं व्यवस्था होला र ? तसर्थ, पहिलो कुरो सरकारले जनतालाई उपलब्ध गराउने भनेको सुःशासन र सेवासुविधानै हो । यसपछि संवृध्द बनाउन विकास निर्माणका कुरा आउँछन ।


ततकालीन श्री ५ बडामाहाराज धिराज पृथ्वीनारायण शाहको माहानवाणीले पनि दुरदर्शीता दर्शाउँछ “नेपाल दुई ढुंगाको तरुल हो, दुई ठुला देसलाई मित्रवत व्यवहार गर्नुपर्छ ।” त्यसैले राजा महेन्द्र र विरेन्द्रको पालामा पनि असंलग्न परराष्ट्र निति अवलम्बन गरेका थिए । र दुरदर्शी नेता विश्वेस्वर प्रसाद कोईरालाले यस असंलग्न परराष्टू नितिलाई मनपरायकै थिए । कुशल नेता थियो भने, नेपालले दुई ठुला छिमेकी राष्टूलाई निर्यात बजारको रुपमा लिन सकिन्थ्यो । यसैगरि नेपाल एउटा सुन्दर देस भएकाले दुईठुला राष्टूवाट यथेष्ठ पर्यटक भित्राउन सकिन्थ्यो । नेपालीहरु रोजगारी खोज्दै खाडि मुलुक धाउनु पर्दैन थियो । तसर्थ, माथि पनि भनि सकियो “राम्रो कामकुरा गर्न शत्रुको पनि कुरासुन्नु पर्छ” भनेजस्तै छिमेकी मुलुकहरुवाट पनि धेरै कुराहरु सिक्न सकिन्थ्यो ।


अन्तमा, देसको व्यवस्था भन्दापनि देसको नेताका आचरण कुरा ठुलो हो । नेतृत्वको आचरण ठिकभए, जुनसुकै व्यवस्था आएपनि देसलाई उठाउन सक्थे । नेतृत्व वर्गले आफुलाई राणाजीको स्थानमा राख्नु हुँदैन, किनभने उनिहरु पनि जनता हुन् । राजा रामशाहले जनताको घरधुरीवाट धुवाँ नआए सम्म खाना खाँदैन थिए रे । जनता नरहे आफुपनि नरहने कुरा संझन्थे भनिन्छ । जनताले चुनेको समयावधी सकेपछि पनि आफुलाई जनता ठान्दैनन् नेताहरु । उनिहरु जनता भन्दा फरक नागरिक ठान्छन् । नेताहरु आफुलाई मात्र सुरक्षा र सुविधा चाहिने जस्तो गर्छन् । के जनतालाई सुरक्षा सुविधा चाहिन्न ? जनताले नै गर्छ सुरक्षा गर्छन् भन्ने ठानुन् भन्ने मेरो व्यक्तिगत धारणा हो । यो लेखमा कोहि कसैलाई वाधापुग्ने वाक्यांस प्रयोग हुनगएको छभने भुलसंझी दिनुहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्