| बिहिबार, मंसिर २०, २०८१

भारतसँग नयाँ सन्धि गर्दिनँ, यो सद्भावना भ्रमण मात्र हो ः प्रधानमन्त्री

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा कुनैपनि सन्धि वा सम्झौता नहुने बताएका छन्। बुधबार पूर्वप्रधानमन्त्रीहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्ने र भारत भ्रमण सद्भाव भ्रमणमात्रै हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा भारत भ्रमण देशको हितमा हुने बताएका थिए। उनले भने, “यसपालीको भ्रमणमा कुनै सन्धि सम्झौता हुदैन। देशको अहितमा कुनै काम गरिदैन। विगतका सन्धि सम्झौता कार्यन्वयनमा जोड दिइने छ।” प्रधानमन्त्री ओलीले यसअघि पनि भारत भ्रमणमा कुनैपनि सम्झौता नगर्ने बताउँदै आएका थिए। उनले भ्रमणका क्रममा आफूले दुई देशको सम्बन्ध सुधार गर्ने बताएका थिए। छलफलमा उनले भने, “यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।”

प्रतिक्रिया दिनुहोस्