| मङ्लबार, बैशाख १८, २०८१

श्रमिक महिला दिबसको अवसरमा भएको दौडमा पवित्रा पहिलो

अन्तराष्ट्रि श्रमिक महिला दिबसको अवसर पारेर गोरखा सदरमुकाममा आईतवार बिहान भएको दौड प्रतियोगितामा पवित्रा बयलकोटी पहिलो भएकि छिन् । निर्धारित २ .५ किलोमिट दुरी १२ मिनेट १२ सेकेण्डमा पुरा गर्दै बयलकोटी पहिलो बनेकी हुन् । १२ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सबिता पुलामी दोस्रो र १२ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै सुजिता लामिछाने तेस्रो भईन ।
रोट्रयाक्ट क्लव अफ बज्रमनास्लुले अन्तराष्ट्रि श्रमिक महिला दिबसको अवसर पारेर  गोरखा सदरमुकाममा आयोजना गरेको दौडमा पहिलो दोस्रो तेस्रो हुनेहरुले नगद सात, पाँच र तीन हजारको साथमा मेडल, प्रमाण पत्र पाएका छन् । बिजयी धावकहरुलाई गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय गोरखाकी प्रहरी निरीक्षक सिमोन धितालले पुरस्कार प्रदान गरेका थिए । दौडमा १९ जना महिलाहरु सहभागी थिए । हरमटारी देखि बसपार्क ठुलो आगन हुँदै हरमटारी खेलमैदान सम्म दौड संञ्चालन गरिएको थियो । रोट्रयाक्ट क्लव अफ बज्रमनास्लुका अध्यक्ष अनुषा श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्