| बिहिबार, अशोज १५, २०७७

पक्राउ

विप्लबको कार्यकर्ता बनेर २ करोड माग्ने तरुण दलका नेता सहित गोरखाका चार जना पक्राउ

काठमाडौंका व्यवसायीहरुलाई फोनमार्फत धम्क्याएर फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समुहको कार्यकर्ता बनेर उनीहरुले काठमाडौं नयाँ बजार क्षेत्रका जग्गा व्यवसायीलाई धम्क्याएका थिए । उनीहरुले मागे जति रकम नदिएमा बमले घर उडाइदिने धम्की समेत दिएका थिए ।

पीडितहरु प्रहरीको समम्पर्कमा पुगेपछि धम्की दिने व्यक्तिहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोरखा अजिरकोटका मुख्य योजनाकार चेतबहादुर गुरुङ, गोरखा सुलिकोटका २८ वर्षीय सोमबहादुर गुरुङ, गोरखा सिरानचोकका ३८ वर्षीय वीरबहादुर गुरुङ र सुलिकोटका २३ वर्षीय सुनिल ढकाल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु विरुद्ध प्रहरीले शरीर बन्धक मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्