| मङ्लबार, अशोज १३, २०७७

ट्रिपरले ठक्कर दिँदा फुजेलकी सुस्मा पन्तको मृत्यु

काठमाडौँबाट गोरखा जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रिपरले ठक्कर दिँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि बसेकी गण्डकी गाउँपालिका–३ फुजेलकी सुस्मा पन्तको मृत्यु भएको हो । बा ३५ प ८९०६ नम्बरको मोटरसाइकललाई बा २ क ३७६४ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।

मोटरसाइकल चालक कृष्ण सापकोटा सामान्य घाइते रहेको गजुरी प्रहरी वृतका प्रहरी निरिक्षक सञ्जय तिमिल्सीनाले जानकारी दिएका छन् ।

मृतक पन्तको शब गजुरी प्राथमिक स्वास्थ केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्रिपर र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्