| आइतवार, अशोज ११, २०७७

ओली

प्रधानमन्त्री बोल्ने कार्यक्रमा २ दिन हिडेर पुगेका वडाध्यक्षको मृत्यु

कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रम स्थलमै ढलेपछि मृत्यु भएको छ।

 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो।

६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए। स्थानीय निर्वाचनमा उनी एमाले बाट निर्वाचित भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका थिए। नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्