| बिहिबार, चैत्र ६, २०८१

जब युवतीले नै काठमाडौँमा कर्मचारीलाई ब्लेडले काटिन्…

२ वैशाख – नेपाल पुलिस एकेडेमीमा कार्यरत कर्मचारीलाई घाँटीमा धारिलो हतियारले काट्ने ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डु–१८, नरदेवीका २० वर्षीय विक्रम न्यौपाने, काठमाण्डु–१७ ढल्कुका १७ वर्षीय अनिल खवास, चितवान भरतपुर घर भइ हाल नरदेवी बस्दै आएका १७ वर्षीय राहुल न्यौपाने, भरतपुर घर भइ काठमाण्डु–१८ बस्दै आएका १७ वर्षीय नविन न्यौपाने र धादिङ धार्के घर भइ काठमाण्डुको नयाँ बसपार्क बस्दै आएकी १९ जेविका अधिकारी छन् ।

उनीहरुले गत २७ चैतमा नेपाल पुलिस एकेडेमीमा प्रहरी कार्यालय सहायकमा कार्यरत २० वर्षीय सञ्जिव पौडेललाई ब्लेडले घाँटीमा काटेर फरार रहेका थिए ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्