| शनिबार, बैशाख ८, २०८१

दुर्घटना

धादिङको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, २० जना घाइते

धादिङको थाक्रे गाउँपालिका ७ दशकिल्लामा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भन् २० जना घाइते भएका छन् । राति सवा १० बजे ना५ख २४६७ नम्बरको बस र ना६ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । दुवै सवारी साधनमा सवार २० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक ललितपुरको सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका छन् । खड्कीको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो भने भट्टराईको गणेशमान मेमोरियल अस्पताल ललितपुरमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

घाइते मध्ये ७ जनाको महादेवदेवी पोलिक्लिनिक धादिङमै उपचार भइरहेको छ भने अन्य घाइतेहरुको काठमाडौँ र ललितपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्