| बिहिबार, बैशाख ६, २०८१

जिल्ला अदालतमा एकसय बढी मुद्धा फछ्र्यौट हुन बाँकी

जिल्ला अदालतमा एकसय बढी मुद्धा फछ्र्यौट हुन बाँकी

दरौँदी ः जिल्ला अदालत गोरखामा यस आर्थिक बर्षका एक सय ४३ मुद्दा फछ्र्याैट हुन बाँकी रहेको छ । फछ्र्यौट हुन बाँकी सबै मुद्दाको प्रमाण नपुगेकाले फछ्र्यौट हुन नसकेको जिल्ला अदालत गोरखाका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिए ।
‘अदालतमा एक सयभन्दा बढि फछ्र्यौट हुनबाँकी मुद्दाहरु छन्’ आचार्यले भने ‘बाँकी मुद्दा दर्ता भएको धेरै समय भएको छैन् । बाँकी मुद्दाको प्रमाण जुटाउने प्रक्रियामा छौँ ।’
यस आर्थिक बर्ष अदालतमा बिभिन्न शिर्षकमा गरी जम्मा तीन सय ८१ मुद्दा दर्ता भएकोमा अहिलेसम्म दुई सय ३८ वटा मुद्दा फछ्र्यौट भएको र एक सय ४३ ओटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उनले जनाए ।
अदालतमा दर्ता भएका मुद्दाका पक्षको तर्फबाट प्रमाण नपुगेको कारण फछ्र्यौट गर्न ढिलो भएको आचार्य बताउँछन् ।
‘प्रमाण पुगेपछि मात्रै अदालतले मुद्दाको फछ्र्यौट गर्छ’ आचार्य भन्छन् ‘अदालतले कुनैपनि मुद्दा एक बर्ष भित्र फछ्र्यौट गर्ने लक्ष्य लिएको हुन्छ । त्यसैले हामीले प्रमाण पुग्ने बित्तिकै हरेक मुद्दा फछ्र्यौट गरिहाल्छौँ ।’
वर्षदिन भित्रै सबै मुद्धा टुंग्याउने जिल्ला अदालतको लक्ष्य पुरा गर्न सकेको छैन् ।
अदालतमा जग्गा किचलो सम्बन्धिको एउटा मुद्दा दर्ता भएको एक बर्ष पार गरिसकेको आचार्यले जानकारी दिए ।
‘नापी कार्यालयका कर्मचारीले उक्क्त मुद्दाको जग्गा सम्बन्धि गलत नक्सा दियो’ आचार्यले भने ‘अदालतमा अमिनको कोटा छैन् । नापी कार्यालयबाट गलत नक्सा पठायो ।
मुद्दाका पक्षहरुले पनि अदालतले दिएको तारिक गुजार्ने गरेकोले समयमै फछ्र्याैट हुन सकेको छैन ।’ अदालतले फछर््यौट हुन बाँकी सबै मुद्दाहरु एक बर्ष भित्र नै फैसला गर्ने आचार्यले बताए ।
पछिल्लो समय गोरखा अदालतमा मुद्धा फछ्यौट छिटो हुने समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्