| सोमवार, अशोज १२, २०७७

विमानभित्र मोजाको दुर्गन्धले यात्रु विरामी भएपछि आकस्मिक अवतरण

त्रिभुवन विमानस्थल रातिदेखि बन्द, चिप्लिएको जहाज हटाउने प्रयास जारी

काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अझैसम्म हुन सकेको छैन ।
राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय उडान कुनै पनि हुन सक्ने अवस्था छैन ।  उनले उक्त जहाज हटाउने प्रयास गरिएको जानकारी दिए ।

“चौरतर्फ रहेको उक्त जहाज त्यहाँबाट हटाउने प्रयास जारी रहेको छ,” उनले भने, “हटाउनका लागि कम्तिमा पनि २ घण्टा लाग्न सक्छ ।” राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको उनले जानकारी दिए । चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको जानकारी दिँदै उनले सबै यात्रु सकुशल रहेको जानकारी दिए । मालिन्दो एयरको विमान बोइङ ७३७–९ जीपी (इआर) कोटेश्वरतर्फको धावनमार्गमा चिप्लिएको थियो

प्रतिक्रिया दिनुहोस्