| बिहिबार, मंसिर १४, २०८०

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’

गणेश लामा र दिपक मनाङे एउटै जेलमा

 काठमाडौं- कुख्यात डन दिपक मनाङे र गणेश लामालाई एउटै जेलमा राखिएको छ। बिहीबार पक्राउ परेका डन पृष्ठभुमीका फरार सांसद दीपक मनाङे(राजिव गुरुङ)लाई काठमाडौं जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो।

यसअघी हातहतियार तथा खरखजना मुद्दामा जेल परेका गणेश लामा पनि गत सातादेखि डिल्लिबजार कराागारमै छन्। दुवै जना केही वर्ष एउटै समूहमा थिए।

२०६१ साल बैशाख ३१ गते पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा उनलाई ५ वर्ष कैद सजाय भएको थियो। जसमध्ये ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मनाङे बिहीबार स्वयम्भुबाट पक्राउ परेका हुन।  यसअघि जेल पर्दा पनि मनाङे डिल्लीबजार नै रोज्थे। मनाङे गत प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए।

उनी निर्वाचित भएको केही सातापछि अदालतले पुनरावलोकनमा रहेको पुरानो फैसलामा निर्णय गरेको थियो। उक्त अभियोगमा मनाङे यसअघि पनि जेल बसिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्