| सोमवार, माघ १२, २०७७

गोरखामा लागुऔषध सहित एक यूवा पक्राउ

गोरखामा लागुऔषध सहित एक यूवा पक्राउ

दरौँदी ः लागुऔषध सहित शुक्रबार गोरखा प्रहरीले एक यूवालाई पक्राउ गरेको छ । लागुऔषध प्रयोगकर्ता रहेको र ओसार पोसार समेत गर्ने गरेको सुकारीको आधारमा गोरख नगरपालिका ७ नयाँ बजार बस्ने २३ वर्षका सुरज तामाङलाई १५ किलो बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक मोहन श्रेष्ठले जानकारी दिए । तामाङको साथबाट दुई वटा सुई, छ थान लागु औषध र तीन हजार छ सय ५० रुपैँया बरामद गरिएको छ । तामाङलाई लागु औषध खरखजना ओसार पोसार ऐन अन्तरगत मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्