| शुक्रबार, माघ ४, २०८१

सुन

एक सातामा विमानस्थलबाट चार किलो सुन बरामद

बैशाख ९, २०७५ काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्। दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट एक भारतीय पक्राउ परेका हुन्।

फ्लाई दुबईको एफजेड ५७५ नम्बरको उडानबाट नेपाल आएका भारतीय ३० वर्षीय महेश रामचन्द्र देवकालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। उनले कम्मरमा बाँधेको कपडाको पेटीमा लुकाएर दुई हजार ७०० ग्राम सुन ल्याएका थिए। यसअघि बिहीबार ६० तोला अवैध सुनसहित त्रिभुवन विमानस्थलबाटै दुबईबाट काठमाडौं आएका सर्फराज रहमानको जुत्ताभित्तत्र ६० तोला सुन भेटिएको थियो। प्रहरीले यसै साताको सुरुमा दुबईबाट काठमाडौं आएका दुई भारतीयको साथबाट दुई किलो ८०० ग्राम सुन बरामद गरेको थियो।

नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्