| बिहिबार, अशोज ८, २०७७

चोरीको मोटरसाईकल नक्कली बिलबुक सहित बिक्री

चोरीको मोटरसाईकल नक्कली बिलबुक सहित बिक्री

भारतबाट चोरी गरेर ल्याएको महगो मुल्यका मोटरसाईकल नक्कली बिलवुक सहित नेपाल बजारमा विक्री हुने गरेको पाईएको छ ।

आईतबार महानगरीय प्रहरी परिसर काठमाडौंले भारतबाट चोरी निकासी गरी नेपाल ल्याएर नक्कली बिलवुक बनाई ‘सक्कली मोटरसाईकल हो’ भन्दै ग्राहकलाई झुक्याएर बेच्ने समुहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भारतीय बजारबाट नयाँ मोटरसाईकल चोरेर नेपालमा विक्री गर्ने कार्यमा संलग्न दाङ स्थायी घर भएका सनम चौधरी, मकवानपुरका धन बहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्