| शुक्रबार, अशोज २, २०७७

daraundi

सिङ्गुसको टोकाइबाट पालुङटारमा दश घाइते

गाेरखा- सिङ्गुसको टोकाइबाट पालुङटार नगरपालिका–२ पोखरावेशीका दश जना स्थानीय घाइते भएका छन् । ९० बर्षिय राम प्रसाद आचार्यलाइ टोकेको सिङगुसले क्रमश अन्य स्थानीयहरुलाइ टोक्न थालेको हो ।

‘सिङगुसले टोकेपछि आचार्य चिच्याउनुभएछ, गाउँलेले के भयो भनेर हेर्न आउँदा उनीहरुलाइ पनि टोक्न थालेछ,’ स्थानीयको भनाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय पालुङटारका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले भने । टोकाइबाट घाइते हुनेमा ७० बर्षिया दिल कुमारी आचार्य, ३२ बर्षिया शान्ता आचार्य, ६० बर्षिया पित कुमारी आचार्य, ६६ बर्षिय कृष्ण प्रसाद आचार्य, ६३ बर्षिया राधा आचार्य, ५० बर्षिय तिर्थ कुमार थापा, ३० बर्षिय ध्रुव आचार्य, ८५ बर्षिया लक्ष्मी आचार्य र ६० बर्षिया कृष्ण कुमारी पोखरेल रहेका छन् ।

स्थानीयको हात, मुख खुट्टा लगायत शरिरको बिभिन्न भागमा सिङगुसले टोकेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए । ‘एउटैलाइ तिन÷चार वटाले टेकेको छ,’ उनले भने, ‘कसैलाइ जिल्ला वाहिर लगिएको छ कसैको यही उपचार भइरहेको छ ।’ घाइते मध्य ९० बर्षिय राम प्रसाद आचार्यलाइ थप उपचारका लागी भरतपुर लगिएको परिवार स्रोतले जनाएको छ । अन्य घाइतेको भने आपपिपल, ठाटीपोखरी र आवुखैरेनीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्