| बिहिबार, अशोज १५, २०७७

दुर्घटना

डुम्रेमा ग्यास बुलेट दुर्घटनाः पड्किने खतराले उच्च सतर्कता

दमौली– पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।  भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एलपी ग्यास बोकेको एमएल ओ वान एए ओ वान ओ वान नं को बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्