| सोमवार, अशोज ८, २०८०

jail

अपहरण गर्नेलाई १७ वर्ष कैद

काठमाडौँ — उच्च अदालत पाटनले डा. उपेन्द्र देवकोटाको छोरी अपहरणको आरोपमा मुछिएका राजु थापालाई १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्नेे फैसला गरेको छ ।

न्यायाधीशहरु विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको इजलासले २०७१ साल असार ३१ गते जिल्ला अदालत काठमाडौंको फैसलालाई केही फेरबदल गरेको हो । जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो ।
प्रहरी अनुसन्धान अनुसार, थापा अपहरणको मुख्य आरोपित थिए । उनले डा. देवकोटासँग चावी मागी गाडीमा राखेर छोरी मेघाको अपहरण गरेका थिए । उच्च अदालतले अपहरणमा ११ वर्ष र डाकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको हो । जिल्ला अदालतले डाकाको आरोपमा थापाले सफाई पाउने ठहर गरेको थियो । जिल्ला अदालतको फैसलापछि आरोपित राजु थापाले कुनै पुनरावेदन गरेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्