दक्षिण सुडानमा गएका नेपाली सेनामाथि छानविन
काठमाडौं– दक्षिण सुडानस्थित राष्ट्र संघको शान्ति मिसन(अनसिम)मा भएको भनिएको बलात्कार प्रकरणको छानबिन लागि नेपाली सेनाले छानबिन समिति गठन गरेको छ। त्यहाँ कार्यरत एक सैनिक अधिकारीले बालिकालाई बलात्कार गरेको सूचना पाएपछि सेनाले छानबिन सुरु गरेको हो।
अनमिसनको मुख्यालयसँगको समन्वय र सहकार्यमा समिति गठन भएको हो। सेनाद्वारा बुधबार जारी बिज्ञप्तीमा भनिएको छ,‘ नेपाली सेनाले यौन शोषण तथा दुव्र्यवहारमा शुन्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाहि गरिने स्पष्ट गर्न चाहन्छौं।’