| बुधबार, अशोज १४, २०७७

दुर्घटना

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

दरौंदी : बैशाख १४, धादिङको मलेखुस्थित त्रिशूली नदीमा  शुक्रबार बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए  । अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्