| शुक्रबार, चैत्र ७, २०८१

धादिङ

धादिङमा सेनाको गाडीलाई ट्रकले ठक्कर दियो, ट्रक र मोटरसाइकलमा आगलागी

काठमाडौं : धादिङको थाक्रे गाउँपालिका महादेवबेसी–२ पृथ्वी राजमार्गमा नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ।  मलेखुबाट काठमाडौं आउँदै गरेको ना ६ ख २७८१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई बाटो दिने क्रममा विपरीत दिशाबाट आउँदै गरेको सेनाको बा २ ग २४६३ नम्बरको ट्रकसँग ठक्कर खाएको हाे। ट्रकमा आगलागी भएको धादिङका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। त्यस्तै बा ३६ प ७२३९ को मोटरसाइकलमा पनि आगो लागेको समेत पुरीले बताए। आगो अहिले नियन्त्रणमा आइसकेको छ। ट्रक चालक समान्य घाइते भएकाले उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्