| आइतवार, अशोज ११, २०७७

गोरखाका ८ जना बालिका पोखराबाट पक्राउ

कास्कीबाट गोरखाका ८ जना बालबालिकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार कास्कीको मादी गाउँपालिका(१२ लिपियानीबाट तालबेसी तर्फ जाँदै गरेको अबस्थामा गोरखाका ८ बालिकाहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

नियन्त्रणमा लिईएका बालिकाहरु १३ देखि १५ बर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । गत बिहिबार विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी गोरखा नगरपालिका ७ की एक बालिका परिवारको सम्पर्कमा नगएपछि आफन्तले जिल्ला प्रहरी कार्यालयमा खोज तलास गरिपाउँ भनि निवेदन दिएका थिए ।

आफन्तले दिएको निवेदनको आधारमा गोरखा प्रहरीले कास्की प्रहरीको सहयोगमा हराएकी बालिकाको खोजी गर्ने क्रममा उनीसहित आठ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिईएका सबै बालिकाहरु कक्षा ८ र ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्