| शनिबार, बैशाख ८, २०८१

साढे ३३ केजी सुन प्रकरणमा एसएसपी दिवेश लोहनी पक्राउ

साढे ३३ केजी सुन प्रकरणमा एसएसपी दिवेश लोहनी पक्राउ

साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

 

मोरङ प्रहरीको पत्रका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका लोहनीलाई बुधबार पक्राउ पुर्जी थमाइएको हो।

महाशाखामा उनकाे कमाण्डमा रहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल यसअघि नै पक्राउ परिसकेका छन्। केसी सुन तस्करी पक्ररणमा पक्राउ पर्ने उच्च अाेहादाका बहालवाला प्रहरी अधिकारी हुन्। याे प्रकरणमा यसअघि पूर्व डिअाइजी गाेविन्द निराैला, एसपी विकासराज खनाल पक्राउ परेका थिए। एसएसपी श्याम खत्री भने फरार छन्।

प्रतिक्रिया दिनुहोस्