| शनिबार, बैशाख ८, २०८१

यातायात बन्द गर्दा पक्राउ परेकालाई रिहाइको माग गर्ने महासंघका अध्यक्ष पक्राउ

यातायात बन्द गर्दा पक्राउ परेकालाई रिहाइको माग गर्ने महासंघका अध्यक्ष पक्राउ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द कर्माचार्य सहितका पदाधिकारी पक्राउ परेका छन्। कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, वसन्त भण्डारी, धर्म धिमाल, किरण खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई शनिबार बेलुका बानेश्वरबाट पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएको छ। अत्यावश्यक सेवा बन्द गरेकाे अभियाेगमा उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले बताएको छ।

शुक्रबार महासंघका महासचिव काेषाध्यक्ष लगायतका पदाधिकारी र विभिन्न जिल्लाबाट ८२ यातायात व्यवसायीलाई प्रहरीले गृहमन्त्रीको निर्देशनमा पक्रउ गरेको थियो।पक्राउ गरिएका व्यसायीलाई अत्यावश्यक सेवा ऐन अनुसार मुद्दा चलाउने तयारी गरिएकाे प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्