| शनिबार, बैशाख ८, २०८१

कारागारभित्रै धर्मप्रचार

कारागारभित्रै धर्मप्रचार

छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्मप्रचार’ को केन्द्र बनाउँदै आएका छन्।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्। कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पुर्‍याएर उपचार गराउनुको सट्टा पाष्टरहरु बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ।  कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ। ‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्मप्रचार गर्छन्।

कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन्। जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायत सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।  जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्।

त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायतका सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्। छ वर्षदेखि कारागारमा ‘सहयोग’ गर्दै आएको अनुग्रह चर्चका पाष्टर मनोज पुलामी सहयोगसँगै धर्म प्रचार गर्ने गरेको बताउँछन्। ‘सहयोग र प्रेमबाट कैदी–बन्दीहरुको जीवन परिवर्तन गर्न प्रभुको सन्देश बाँड्ने गरेका छौँ’ उनले भने, ‘अहिले धेरैजसो कैदी–बन्दीहरु प्रभुलाई पुकार्दै प्रार्थना गर्नुहुन्छ।’ नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्