विदेशी भूमिमा मर्ने नेपालीको संख्या बढ्दो
बिदेशमा मजदुरी गएका नेपालीहरुको मृत्युदर दिन प्रतिदिन बढ्दै जाने गरेको छ ।
वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२÷७३ मा महिला २४ र पुरुष ७८७ गरी जम्मा ८११ जनाको मृत्यु भयो। आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकअनुसार महिला १५ र पुरुष ५९३ गरी जम्मा ६०८ जनाको मृत्यु भएको देखिन्छ। मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन। आव २०७३÷७४ मा महिला १८ र पुरुष ७३८ गरी जम्मा ७५६ जनाको मृत्यु भएको थियो।
आव २०७२÷७३ मा मुटुसम्बन्धी रोगका कारण १४८,आत्महत्याका कारण १०९,कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक मृत्यु २४१,सडक दुर्घटनाबाट १०३,हत्याबाट तीन, हृदयाघातबाट ९४ र अन्य कारणबाट २७ जनाको मृत्यु भएको थियो। आव २०७३÷७४ को तथ्याँक अनुसार मुटुसम्बन्धी रोगका कारण ६४,आत्महत्याका कारण ९०,कार्यस्थलमा दुर्घटनाबाट ६१,प्राकृतिक मृत्यु २५२, सडक दुर्घटनाबाट १२२,हत्याबाट एक,हृदयाघातका कारण ६४ र अन्य कारणबाट ८० जनाको मृत्यु भयो। चार व्यक्तिको मृत्यु अझै अनुसन्धानका क्रममा छन् भने १८ मृत्युबारे अझै जानकारी हुन सकेको छैन।
मुटुसम्बन्धी रोगका कारण ५३,आत्महत्याका कारण ९९,कार्यस्थलमा दुर्घटनाबाट ४४,प्राकृतिक मृत्यु ९८,बिरामी भएर ४७,सडक दुर्घटनाबाट ९३,हत्याबाट एक,हृदयाघातका कारण ९४,अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले देखाउँछ। थप ३२ को मृत्यु अझै अनुसन्धानका क्रममा छन् । तथ्याँकअनुसार आव २०७२÷७३ मा जापानमा दुई,सिरियामा एक,तान्जानियामा एक,ओमानमा चार,कतारमा १२६,कुवेतमा ३१,दक्षिण कोरियामा १३,बहराइनमा आठ,मलेसियामा ३३७,माल्दिभ्समा दुई संयुक्त अरब इमिरेट्समा ५४ र साउदी अरेबियामा २२३ जनाको मृत्यु भयो।
आव २०७३÷७४ मा इजिप्टमा एक,जापानमा चार, नाइजेरियामा एक,अफगानिस्तानमा १२,कतारमा चार, कुवेतमा १३,दक्षिण कोरियामा ११,नेपालमा एक, बहराइनमा छ,मलेसियामा २५४,माल्दिभ्समा दुई,संयुक्त अरब इमिरेट्समा ४५ र साउदी अरेबियामा २५१ जनाको मृत्यु भएको थियो। आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले इजिप्टमा एक,भियतनाममा एक,जापानमा चार,कतारमा ९२, कुवेतमा १४, जर्मनीमा एक, टर्कीमा एक,दक्षिण कोरियामा १८,नेपालमा ३५,बहराइनमा सात, मलेसियामा २०९,संयुक्त अरब इमिरेट्समा ६९ र साउदी अरेबियामा १५५ जनाको मृत्यु देखाउँछ।
वैदेशिक रोजगारीका क्रममा रोजगारीको करार अवधि नसकिइकनै नेपालमा बिदामा आउँदा मृत्यु हुनेको तथ्याँकसमेत बोर्डले राख्ने गरेको छ। अहिलेसम्म नेपालमै आएर मृत्यु भएपनि क्षतिपूर्ति बापतको दाबी रकम भने उपलब्ध गराउने गरिएको छैन। तर रकमका लागि भने २०७२ सालदेखि नै निवेदन पर्ने गरेको जानकारी बोर्डले दिएको छ।