| बिहिबार, मंसिर २०, २०८१

३३ किलो सुन लुटेपछि गोरे नै अपहरणमा परे

सुनकाण्डका नाइके ‘गोरे’ले जग्गा किन्न बैना दिएको खुलासा

बहुचर्चित सुन प्रकरण र सनम हत्या काण्डका मुख्य अभियुक्त भनिएका गोरे उर्फ चुडामणि उप्रेतीले मोरङको मिक्लाजुङमा २६ कट्ठा जग्गाका लागि २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको छ ।

मिक्लाजुङ वडा न–९ को अबिर चौकमा रहेको उक्त जग्गा खरिदका लागि गोरेले जग्गाधनी जयगोपाल साहलाई २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको हो ।

साहसँग प्रतिकट्ठा ६ लाखको दरले जग्गा किन्ने सम्झौता अनुसार गोरेले २१ लाख रुपैयाँ बैना दिएका थिए । १ करोड ५६ लाख रुपैयाँमा २६ कट्ठा जग्गा किन्ने सम्झौता गर्दै गोरेले मिक्लाजुङ–९ निवासी साहलाई २१ लाख रुपैयाँ बैना दिएपनि थप रकम नदिएका कारण उक्त जग्गा पास नभएको बुझिएको छ ।

जग्गाका लागि बैना दिएका गोरे सुनकाण्डमा मुछिएपछि बैनाको
रकमका बारेमा अन्यौलता देखिएको छ । मुख्य अभियुक्त मानिएका गोरे फरार रहेसँगै साह यतिबेला तनावमा छन् ।

जय गोपाल गल्ला खरिद बिक्री केन्द्रका सञ्चालक साह मधुमल्लाका पूराना व्यापारी हुन् । उनी नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन् । यता, साहले आफूले २१ लाख रुपैयाँ बैना लिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्