भिरबाट लडेर लालबहादुरको मृत्यु
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आज दिउँसो भिरबाट लडेर सोही नगरपालिका–३ का लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोडामा जडिबुटी बोकाएर आउँदै गरेका उनी भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । बाटोभन्दा करिब चार सय मिटर तल खसेका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।