| बुधबार, अशोज १७, २०८०

मृत्यु

साउदी अरबमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ।

सप्तरीको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिए। साह ०७३ असार ९ मा मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्युटरसम्बन्धी काम गर्दै आएका थिए।

सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाइ उमेश साहले बताए। यसैबीच, मृतक साहको साउदीबाट शव ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्