| शुक्रबार, चैत्र ७, २०८१

सुन प्रकरण

३३ किलो सुन प्रकरणमा राप्रपाका नेताको ड्राइभर पक्राउ

त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो अवैध सुन तस्करी प्रकरणमा मुछिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

३३ किलो सुनकाण्ड र भरियाका रुपमा प्रयोग गरिएका सनम शाक्य हत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङका ड्राइभर फुल्डुङ गुरुङ भन्ने लक्षु गुरुङलाई विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

लक्षुमाथि सुन लुटपाटमा संलग्न रहेको आरोप लागेको छ । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यालाई लिएर गृहमन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा २९ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सं‌गठित अपराध, कर्तब्य ज्यानसहितका विभिन्न अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्