| बुधबार, अशोज १४, २०७७

प्रहरी नियन्त्रणबाटै फरार

फलामलाई सुन भन्दै बेच्ने पक्राउ

प्रहरीले ललितपुरका हरिसिद्धीबाट ७ किलो नक्कली सुनसहित २ जनालाई पक्राउ गरेको छ।

फलामलाई सुन भन्दै प्रति किलो ३० लाखका दरले बेच्ने तयारी गर्दै गरेका बेला महानगरीय अपराध महाशाखाको टोलीले दिपेन्द्र बराइली र रमेश वैद्यलाई बिहिबार साँझ पक्राउ गरेको हो।

महाशाखाको टोलीले उनीहरूको साथबाट सुन जस्तै ७ वटा बिस्केट बरामद गरेको छ।

पक्राउ परेका दुबै जनालाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्