| शुक्रबार, चैत्र १६, २०८०

पूर्वी नवलपरासीका ३१ वर्षीय कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भदौ २५ गते भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा ती युवकलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्