| सोमवार, भदौ २४, २०८१

सुन प्रकरण

३३ केजी सुन प्रकरणः सुन किन्नेको विवरण पर्खंदै समिति

सुन तस्करीको संगठित अपराध अनुसन्धान गरिरहेको सरकारी समितिले संयुक्त अरब इमिरेटस (युएई) सरकारसँग सुन नेपाल भित्रिएको तथ्यांकसहितको विस्तृत विवरण मागेको छ।

 

अनुसन्धान सुरु गरे लगत्तै दुबई पुगेर शंकास्पद व्यक्ति पक्राउका लागि पहल गरेको समिति यतिबेला पत्राचारमार्फत सुन खरिद र विमानस्थलमा कर तिरेको विवरण संकलनमा जुटेकाे हाे।

‘युएई सरकारले सुरुदेखि नै समितिलाई सहयोग गर्दै आएको छ’, समितिका एक सदस्यले  भने, ‘हामी सुन खरिद भएको पसलदेखि र विमानस्थलमा कर तिरेको विस्तृत विवरणको अन्तिम पर्खाइमा छौं।’

समिति स्रोतकाअनुसार अदालतमा बुझाएको विवरण मितिमा सुन लिन गएका ब्यक्ति, सुन खरिद भएको र विमानस्थलमा भन्सार बुझाएर नेपाल उडेको विवरण युएई सरकारले उपलब्ध गराउने भएको हो। समितिले सुन ओसारपसारमा प्रत्यक्ष संलग्न रहेका टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की, रोहित आर्चाय, लाक्पा शेर्पा, माधव भन्ने मदन घिमिरे, टुकराज राना मगर सहितको ट्राभल डिटेलअनुसार सुन भित्रिएको विवरण मागेको हो। अनुसन्धानका क्रममा उनीहरु सुन ओसारपसारका लागि पटक–पटक दुबई काठमाडौं आउँजाँउ गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्