| बिहिबार, अशोज १५, २०७७

मृत्यु

मोदी नेपाल आएकै दिन भारतमा १८ जनाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो । इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु भएको बताइएको छ ।

अल इन्डिया रेडियाका अनुसार वर्षा र आँधी सम्बन्धित घटनाबाट प्रभावित आग्रा, फिरोजबाद र मथुरामा ठूलो संख्याका नागरिक प्रभावित भएका छन् । यसैगरी दक्षिण भारतको आन्ध्रप्रदेशमा एक डुङ्गामा शुक्रबार आगलागी भएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्