| मङ्लबार, अशोज १३, २०७७

घाइते मृगसहित तीन युवा पक्राउ

घाइते मृगसहित तीन युवा पक्राउ

मकवानपुर प्रहरीले घाइते मृगसहित तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  हेटौँडा उपमहानगरपालिका- १९ वस्तीपुरका २५ वर्षीया आशिला लामा, २८ वर्षीय सरोज तामाङ र १९ वर्षीय अनिल तामाङ रहेका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तरर्गत हेटौँडा- १९ नेवारपानीमा मनहरिबाट हेटौँडा आउँदै गरेको ना२ह १३१५ नम्बरको अटो जाँच गर्ने क्रममा घाइते मृगसहित उनीहरूलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको तथा उनीहरूमाथि अनुसन्धान अगाडि बढाएको बताइएको छ। घाइते मृगलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्