| शुक्रबार, अशोज ९, २०७७

जबरजस्ती

गोरखामा ६५ वर्षका बाबुले १४ वर्षकी छोरीलाई जबरजस्ती गरेपछि . . .

गोरखा : ६५ वर्षका एक बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबुविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ। गोरखा नगरपालिका- १३ का ६५ वर्षीय एक वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए।  वृद्धविरुद्ध आइतबार जिल्ला अदालत गोरखाबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन्।

अनुसन्धानका क्रममा आरोपी बाबुले जबर्जस्ती करणी गरेको स्वीकारेको उनले जानकारी दिइन्। ‘बाबुले शारीरिक सम्बन्ध भएको स्वीकारेको छ’, नरालले भनिन्, ‘घर पनि लामो टहरो रहेछ। पीडित किशोरी पनि सामान्य सुस्त रहिछन्। घरमा आमा र बाबुबाहेक अरू दुई/तीन जना नै सुस्त मनस्थितिका रहेछन्। सबै सँगै सुत्दारहेछन्।’ प्रहरी निरीक्षक नरालले यिनलाई पटक पटक करणी गर्ने गरेको बताइन्। ‘उनकी श्रीमतीले यसो नगर भन्दा पिट्ने गरेको रहेछ। अस्तिचाहिँ गाउँलेले पनि अति भएर हामो मझुवा प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्