| शनिबार, बैशाख ८, २०८१

सुन प्रकरण

सुन तस्करलाई ५० प्रतिशत सजाय छुटको निर्णय रद्द

साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्याका ६३ प्रतिवादीमध्ये सम्बीर तोलाङ्गे र विष्णुबहादुर खड्काले यसअघि पाउने भनिएको ५० प्रतिशत सजायँ छुट नपाउने भएका छन्।

 

मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठककाअनुसार सुरुमा दायर मुद्दामा ३ जना अभियुक्तको नाममा ५० प्रतिशत सजाय कम हुने उल्लेख थियो। घटनामा संलग्न भएर प्रहरीको नियन्त्रणपछि अनुसन्धानलाई सघाएको र अदालतमा समेत साबिती बयान दिने वचन दिएका उनीहरुलाई ५० प्रतिशत छुट दिने सहमति भएको थियो।

तर आरोपी तोलङ्गे, खड्काले अदालतमा बयान फेरेपछि आइतबार कानुनले तोकेअनुसारकै सजाय माग गर्दै पूरक अभियोग दर्ता गरिएको छ। ‘तीन अभियुक्तको नाममा पूरक अभियोग दर्ता गरिएको छ’, ।

उनकाअनुसार मोरङ प्रहरीको रायअनुसार सरकारी वकिलको कार्यालयले तोलाङ्गे र खड्काले अनुसन्धानमा सहयोग गरेका आधारमा अदालतमा कम सजाय गर्न माग गरिएको थियो। अदालतमा उनीहरुले यातना दिएर बयान गराएको भन्ने झुटो बयान दिएपछि उनीहरूमाथि पूरै सजाय माग गरिएको हो।

प्रतिक्रिया दिनुहोस्