| बिहिबार, मंसिर ११, २०७७

शुक्रबार गोरखामा चार जना संक्रमित थपिए


शुक्रबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । यससंगै गोरखामा अब कोरोनाका संक्रमितको संख्या ६२३ जना पुगेको छ ।


शुक्रबार गोरखा नगरपालिकामा तीनजना र बारपाक सुलीकोट गाउँपालिकामा एक जना संक्रमित थपिएका प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरु संक्रमित पुष्टि भएका हुन् ।

निर्देशनालयका अनुसार गोरखा नगरपालिका २ का २८ बर्षका पुरुष, वडा नं. ११ का ३९ बर्षका पुरुष र वडा नं. १३ का २३ बर्षका पुरुष रहेका छन् । त्यस्तै बारपाक सुलीकोट गाउँपालिका २ का ३४ बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।


शुक्रबार चार जना थपिएपछि गोरखामा सक्रिया संक्रमितको संख्या १५० जना पुगेको छ ।

जसमध्य गोरखा अस्पतालको आइसोलेशनमा पाँच जना(एक महिला, चार पुरुष) उपचाररत छन् । एकजना पुरुषको आइसियूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
पाँचजना बाहेकका अन्य संक्रमित भने होम आइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

७७१ जना भने कोरोनामुक्त भइसकेका जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म गोरखामा ९४५४ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्य ८,८३५ जनाको नेगेटिभ देखिएको थियो । ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको सो तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्