
नेपालमा थप कोरोना संक्रमितको मृत्यु
नेपालमा थप कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही सियारी गाउँपालिका-४ की ६५ वर्षकी महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए ।